व्यवसायिक किसानलाई कृषि सामग्री वितरण

जुम्ला ः तातोपानी गाउँपालिका कषि शाखाले व्यवसायिक किसानलाई कृषि सामग्री वितरण गरेको छ । युवा लक्षित कार्यक्रम अन्र्तगत ८ वडाका १६ जना किसानलाई कृषि सामग्री वितरण गरिएको हो ।
हिउद याममा यहाँका चिसो धेरै हुने भएकाले बेमौसमी तरकारी खेती गर्नका लागि किसानमा कृषि सामग्री वितरण गरिएको कृषि शाखा प्रमुख मोहन महतले बताए । उनले भने बेमौसमी तरकारी खेतका लागि वीउ विजन, ग्रीन हाउस बनाउनका लागि पलाष्टिकको पाल वितरण गरिएको हो । यस्तै अग्रानिक मल, पानी सिचाई गर्ने हजारी वितरण गरिएको छ ।
बेमौसमी तरकारी तरकारी खेती गर्नका लागि कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष गोकर्ण रावलले बताए । उनले भने जुम्लामा धेरैजसो जिल्ला बाहिरबाट तरकारी निर्यात हुने गरेको छ । यहाँ तरकारी कर्म उत्पादन हुने गरेको छ । युवाहरुलाई व्यवसायिक रुपमा तरकारी खेतीमा प्रोत्साहन गर्नका लागि कृषि सामग्री वितरण गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस