जुम्ला : जयरत्न कर्णाली बोर्डिङ स्कुलले विज्ञान प्रदर्शनी मेला आयोजना गरेको छ । वैज्ञानिक अध्ययन, अनुसन्धानमा विद्यार्थीलाई प्रेरित गर्ने उद्देश्यले विज्ञान प्रदर्शनी मेलाकाे अायाेजना गरेकाे हाे । मेलामा नर्सरी देखि ८ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता जनाएका छन्र ।
विज्ञान प्रदर्शनी मेलामा कुल ६० भन्दा बढी विज्ञान सामग्रीहरु राखिएको विद्यालयका प्रधानाध्यापक सञ्जय सिंह गुरुङले बताए ।
मेलामा रकेट, ज्वालामुखीको नमुना, सोलार बाट चल्ने पङ्खा, विद्युतीय सर्किट, स्मार्ट शहर, विद्युतबाट चल्ने गाडी, विद्युतबाट चल्ने डुङ्गा विभिन्न मोडलका घर लगायतका सामग्री राखिएका थिए ।

जुम्लाका परम्परागत शैलीका घरायसी सामग्री, स्थानीय प्रविधिमा आधारित हलो, जुवा, ओखल, जाललौरी जस्ता सामग्री पनि रहेको प्रधानाध्यापक गुरुङले बताए । उनले भने यस्ता क्रियाकलापले विद्यार्थीको चौतर्फी विकासमा ठूलो मद्दत पुग्नुको साथै प्रयोगात्मक शिक्षण सिकाइमा बल पुग्ने अपेक्षा गरिएकाे छ । नेपालको शिक्षण पद्धतिमा यस्ता क्रियाकलापको कमि देखिन्छ ।

चन्दननाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंले विद्यालयले यसपटक गरेका विविध गतिविधि मध्ये निकै उत्कृष्ट रहेको बताए । उनका अनुसार सरकारले लगानी गरेका विद्यालयले यस्ता क्रियाकलाप गर्नुको साटो व्यक्तिगत लगानीका निजि विद्यालयले गरेकोमा खुशी व्यक्त गरे । यसमा अभिभावकले पनि चासो दिनुपर्ने भन्दै यस प्रकारका क्रियाकलापमा विद्यालयलाई सहयोग गर्न र आफ्ना नानीबाबुलाई अभिप्रेरित गर्न आवश्यक रहेको बताए ।



