तातोपानीका ३३ सय घरधुरीकै ‘घरबिमा’,पाँच लाख दाबी भुक्तानी पाउने

जुम्ला । कर्णालीमा भुकम्प लगायतका विपद् प्रतिरोधि संरचना नभएकै ठुलो भौतिक क्षति हुने गरेको छ । गत कार्तिक १७ गते गएको जाजरकोट भुकम्पका कारण कर्णालीमा अर्बौको भौतिक क्षति भएको छ । करिब १० हजारबढी घर मात्रै आशिंक तथा पुर्ण क्षति भएका छन् । भने गत वर्षको असोजमा आएको बेमौसमी वर्षाले समेत जुम्लामा सयौ घरमा क्षति गरेको थियो । परम्परागत शैलीका घर धेरै भएका कारण पनि भुकम्पले कर्णालीमा बढी क्षति पुराउने अनुमान छ ।

प्राय विपद्बाट क्षति भएपछि नागरिकले तत्काल राहत नपाउने,पाएपनि आबश्यकता परिपुर्ति नहुने समस्या छ । गत वर्षको असोजमा आएको बाढी पहिरोले घर भत्कीएका जुम्ली नागरिकले कतै बाट राहत पाउन सकेनन् । स्थानीय सरकारले दिएको एक त्रिपाल लगायतका सिमित लत्ता कपडाले घरको आबश्यकता पूरा गर्न सकेन् । सिमित स्रोत भएकोले पनि धेरै राहत दिन सक्ने अबस्थामा स्थानीय सरकार थिएन् ।

बढ्दो भुकम्पिय जोखिम,बाढी पहिरोले गर्ने क्षति र बिमा नगरेका कारण नागरिकले व्यहोर्नु परेको घाटा नोक्सानलाई मध्यनजर गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले घर बिमा गरेको छ । जुम्लाको तातोपानी गाउँपालिकाका ३३ सय घरधुरीको घर बिमा गरिएको हो । बढ्दो भुकम्पीय जोखिम र त्यसले गर्ने क्षतिलाई मध्यनजर गर्दै तातोपानीले पालिकाभरीकै १–८ नम्बर वडा सम्मका ३३ सय घरधुरीक घरको बिमा गरेको हो ।

सोमबार शिखर ईन्सारेन्स कम्पन्नी लि.जुम्लासंग पालिकाले घर बिमाको सम्झौता गरिएको हो । पालिकाका कुनै घरधुरी नछुट्ने गरि एकमुष्ट ३३ सय घरधुरीको बिमा गरिएको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले बताए ।

उनले भने,“विपद आएर क्षति भईसकेपछि पालिकाले दिएको १०÷१५ हजार राहतले कुनै आबश्यकता पुर्ति हुने देखिएन् । सबैलाई थौरै थोरै राहत दिनुभन्दा एकमुष्ट बिमा गरिदिएपछि नागरिक पनि ढुक्क पालिका पनि ढुक्क । थोरै राहत दिने झन्झटनै हट्यो ।”

त्यहि राहत दिने रकमकै बिमामा लगानी गरिएको छ । अब केही विपद्बाट घर भत्कीएको खण्डमा नागरिकले उचित राहत पाउने छन् । बाढी पहिरो पछि राहत वितरणमा ढिलाई हुने, तथ्यांक संकलनमै महिना बित्ने,तत्काल राहत नपाएको भन्ने गुनासो उतिकै आउने जस्ता समस्या रहेकोले घरको बिमानै गरिदिएपछि सबै समस्याबाट मुक्त भईने अध्यक्ष चौलागाइले उल्लेख गरे ।

जुम्लाका ८ स्थानीय तह मध्य तातोपानीले पहिलो घर बिमा कार्यक्रम ल्याएको हो । यदपी, फाटफुटमा अन्य पालिकाका केही घरहरुको बिमा भएपनि समग्र पालिकाकै घर बिमा गर्ने तातोपानी पहिलो बनेको हो । घर बिमाका लागि पालिकाले प्रतिवर्ष करिब साढे १५ लाख लगानी गर्नुपर्ने देखिएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले बताए । उनका अनुसार बिमा पश्चात विपन्न नागरिकलाई बढी राहत हुने छ । विमा कम्पन्नी संग सम्झौता भईसकेको र केही दिनमा भुक्तानी दिईने उल्लेख गरे ।
यता शिखर ईन्सोरेन्स कम्पन्नी लिमिटेड कर्णाली ईन्चार्ज रिसिराम पाण्डेले पालिकाभरीकै घर बिमा गर्ने जुम्लामा तातोपानी पहिलो पालिका बनेको बताए । विभिन्न खाले जोखिम बढ्दो क्रममा छन् । उनले भने,“सामान्य राहत दिनुभन्दा बिमा गरेकै ठिक । तातोपानीका ३३ सय घरधुरीकैले अब पाँच लाख बराबर क्षतिपुर्ति पाउने छन् । जसका लागि प्रतिघरधुरी ४ सय ६६ रुपैयाका दरले पालिकाले प्रिमियम रकम तिरिदिने छ ।”

३३ सय घरधुरीका लागि प्रतिघरलाई ४६६ रुपैयाका दरले १५ लाख ३७ हजार ८ सय रुपैया प्रिमियम शुल्क लाग्ने छ । त्यस बापत नागरिकले कुनै विपद्बाट क्षति भएमा ५ लाख क्षतिपुर्ति पाउने ईन्चार्ज पाण्डेको भनाई छ । यदपी बढी क्षतिपुर्ति पाउन बिमा स्वयम घरधरीले बढाउन सक्ने छन् ।

हल जुम्लामा १४ सय घरको घर बिमा गरिएपनि थपिएको ३३ सय संगै जुम्लाका कुल चार हजार ७ सय घरको घर बिमा गरिएको शिखर ईन्सोरेन्स जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस