माथिल्लो कर्णाली धेरैजसो टेलिफोन टावर सौर्य उर्जा सोलार प्रणालीबाट सञ्चालित छन् । वैकल्पिक सौर्य उर्जा सोलारबाट चलाएका टेलिफोन टावर घाम लागे मात्रै चल्ने गरेका छन् ।
हातमा स्मार्ट मोवाइल सेट तर टेलिफोनको टावर नै नहुदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ । नेपाल टेलिकमले २०७७ सालमा हाँकु लाग्नामा टेलिफोन टावर निर्माण भएको हो ।
यस्तै समस्या झल्दै आएको तातोपानी गाउँपालिका – ४ हाँकु लाग्नामा रहेको एनटिसि टावरमा विद्युतको लाइन नै पु¥याएको छ । यसअघि त्यो टावरमा सोलार प्रणाली सञ्चालन हुदा विहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो ।
टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुनका लागि टावरमै विद्युत लाइन पु¥याएपछि सहज भएको वडाध्यक्ष अमर बहादुर रोकायाले बताए । उनले भने अब गाउँ २४ सै घण्टा टेलिफोन सेवा सुचारु भएको छ ।
समुन्द्रि सतहबाट २ हजार ८५० मिटर उचाईको हाँकु लाग्ना टावरमा गिडिखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुगेपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमबाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिँड, कोटिला, रोकायाबाडा लगायतका गाउँमा दिनरात सञ्चारको सुविधा पुगेको हो ।
१५ लाख बजेटमा हाँकु लाग्ना टावरमा विद्युतको लाइन पुर्याएपछि धेरै गाउँ बस्तीका नागरिक टेलिफोन सेवाको पहुँचमा आएका छन् वडाध्यक्ष रोकायाले भने ।
तातोपानी गाउँपालिका ४ वडाको ६ लाख र नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेतको ९ लाख ९६ हजार गरि कुल १५ लाख ९६ हजार बजेटमा विद्युत टावरमा विद्युत लाइन पु¥याउन खर्च भएको वडाध्यक्ष रोकायाले बताए । उनले भने फोरजी इन्टरनेट सेवा पनि रहेको छ ।



