२५ सय बालबालिका र किसानलाई ‘हिमानी काेष’ले बाड्याे ५७ लाखको राहत

जुम्ला । जुम्लामा आर्थिक अभावका कारण विद्यालय पहुँच भन्दा बाहिर धेरै बालबालिका छन् । कापी कलम किन्न नसक्ने,झोला तथा पोशाक नभएर धेरै विपन्न बालबालिका विद्यालय जानबाट बन्चित छन् ।

शत प्रतिशत बालबालिकालाई आधारभुत शिक्षाको पहुँचमा ल्याउन सरकार तथा गैरसरकारी निकायले करोडौ खर्चिएर विभिन्न कार्यक्रम गर्दै आएका छन् । तर गरिबीकै कारण अपेक्षित रुपमा सामुदायिक विद्यालयमा विपन्न बालबालिकाको पहुँच बृद्धि हुन सकेको छैन् ।

कापी,कलम,झोला तथा पोशाक अभावकै कारण विद्यालय जान बन्चित रहेका विपन्न बालबालिकाको राहतका लागि हिमानी कोषले जुम्लामा लाखौको राहत सामाग्री दिएको छ ।

सामान्य पोशाक,केहि महिना पुग्ने कापी कलम र झोलाकै अभावले विद्यालय जानबाट कोहि विपन्न बन्चित नहुन भन्ने उदेश्यले राहत वितरण गरिएको हिमानी कोषले जनाएको छ । (हिमानी कोष) पूर्व राज परिवारकी सदस्य हिमानी शाहको नाममा खेलिएको संस्था हो ।

कोषले जुम्लाका सात गाउँपालिका र एउटा नगरपालिकाका विभिन्न स्कुलका आधारभुत तहका बालबालिका तथा विपदबाट पीडित नागरिकलाई राहत वितरण गरेको कोषका जुम्ला जिल्ला संयोजक गोकर्ण कठायतले बताए ।


अघिल्लो वर्षको वर्षाले क्षति गरेको हिमा गाउँपालिकाका बाढीपीडित र गत कार्तिकमा तातोपानी गाउँपालिका –५ स्थित जिउलोमा नेक ब्लास्ट रोगले धान बाली सखाप पारेपछि पीडित भएका किसानलाई समेत सहयोग गरिएको छ ।

बाढीले क्षति पु¥याएका पिडित ९५ घरधुरीलाई भाँडाकुँडाको सेट र ओड्ने ओच्छ्याउने कपडा बाँडिएको छ । भने, तातोपानी ५ नम्बर वडाका पिडित किसानलाई ५ सय २७ बोरा चामल वितरण गरिएको संयोजक कठायतले जानकारी दिए ।

हिमाली कोषले जुम्लाका आठवटै पालिकाका २५ विद्यालयमा सहयोग प्रदान गरेको छ । जसबाट दुई हजार पाँच सय भन्दाबढी विपन्न बालबालिका लाभान्वित भएका छन् ।

कोषले गरेको सहयोगमा न्यानो कपडा, झोला, हाइजिन कीट, स्टोसनरी सामान र खाने कुराहरु रहेको छ ।
तिला वडा नं.६,७,८ र ९ वडाका एक हजार बढी  बालबालिकाले राहत पाएका छन् ।

अतिनै विकटका नागरिक र विपन्न बालबालिकालाई लक्षित गरी वितरण गरिएको सहयोगले राहत मिलेको गुठिचौर गाउँपालिका –१ का वडा अध्यक्ष अर्जुन महताराले बताए ।

हामीले निकै कष्ट गरेर गुठिचौरको दुर्गम चोत्र गाउँमा आवासीय विद्यालय खोलेका छौं। जहाँ विपन्न विद्यार्थी अध्ययन गरिरहेका छन् । उनले भने, “तर सर सामान जुटाउन निकै कठिन भइरहेको थियोे । हिमानी कोषले सहयोग गरेर हामीलाई निकै राहत पुगाएको छ ।”

उता कालिका आधारभुत विद्यालय हियाखोलाका विव्यस अध्यक्ष डिल्ली कामीले पनि विद्यालयका सयौ बालबालिकाले राहत पाएको बताए । सरकारी तथा गैससको नजर नपुगेको विद्यालयमा कोषले सहयोग गर्दा उनी खुसी छन ।


यसैबीच भैरव मावि नराकोटका दृष्टिविहिन बालबालिका, जनता मावि महत गाउँका अनाथ बालबालिका र कर्णाली मावि अनामनगरका बहिरा बालबालिकालाई झोला,कापी कलम,लगाउने न्यानो कपडा दिइएको छ ।

विपन्न बालबालिका,बाढी पिडित नागरिक,किसान लगायतलाई गरेर ५७ लाख बराबरको राहत सामाग्री वितरण गरिएको कोषका जुम्ला संयोजक गोर्कण कठायतले जानकारी दिए ।


लाखौको राहत वितरणपछि जुम्लाका दलित,आर्थिक रुपले विपन्न,किसान,बाढी पिडित सबै खुसी भएका छन् । विद्यालयबाट बन्चित विपन्न बालबालिकाका विद्यालयको पहुँचमा पुग्ने समेत आशा गरिएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस