जुम्ला । केही वर्ष अघिसम्म कर्णालीका ग्रामिण भेगमा जग्गा अभाव,प्रयाप्त पानी नहुनु र बानीको विकास नभएकोले न्यून संख्यामा मात्रै नागरिक शौचालयको पहुँचमा थिए । जुम्लामा २०७२ मा तल्कालीन गाविस हुँदै जिल्ला खुल्ला दिशामुक्त घोषणा भएपछि प्रायःघरघरमा शौचालय बने । तर पानी अभाव तथा बानी नपरेको भन्दै शौचालय प्रयोग विहिन मात्र बनेन् । घाँस,दाउरा,हलो जुँवा लगायतका सामान राख्ने स्टोर कोठाका रुपमा प्रयोग भए ।
शौचालय प्रयोगमा नागरिकको पहुँच बृद्दि गर्न सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न कार्यक्रम पनि संचालन भए । तर अपेक्षित रुपमा शौचालयको प्रयोगमा बृद्दि भएन् । संघियतापछि स्थानीय सरकारले शौचालय नभएका घरहरुलाई सरकारी सेवा सुविधाबाट रोकिने सम्मका नीति ल्याए ।
तर पछिल्ला शौचालय निर्माण सामाग्री निकै महंगो पर्न थालेपछि पनि आयआर्जन नभएका विपन्न नागरिकका घरमा अझै सुधारिएको शौचालय देख्न मुस्किल छ । प्यान,पाईप मात्रै १०÷१५ हजार मूल्य पर्छ जुन सामान्य नागरिकको लागि उपयुक्त छैन् । गाउँघरतिरका शौचालयका सेफ्टी ट्यांक सानो बनाउने,पानी प्रयोग कम गर्ने सरसफाईमा ध्यान नदिनाले दुर्गन्ध समेत फैलिएको पाईन्छ ।
तर विपन्न नागरिकको आयस्तरले निर्माण गर्न सकिने,कम पानी लाग्ने र अपांगमैत्री समेत भएको जापानी प्रविधिको सेभ ट्वाईलेट (स्याटो) शौचालय निर्माण गर्नुपर्नेमा सुष्वा परियोजनाले जोड दिएको छ । खानेपानी तथा स्वच्छता सम्बन्धि सिञ्जा क्षेत्रका हिमा,सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा काम गर्दै आएको सुष्वा परियोजनाले विपन्नको राहतका लागि स्याटो शौचालय निर्माणमा जोड दिन आग्रह गरेको छ ।

सुष्वा परियोजनामा कार्यरत तीनै पालिकाका कर्मचारीलाई आयोजित पुर्ण सरसफाई सम्बन्धि तालिममा स्याको शौचालय निर्माण,त्यसका फाइदा,पुर्ण सरसफाई लगायतका विषयमा सिकाईएको छ ।
स्याको शौचालय जापानको (लिग्जिल) कम्पन्नीले उत्पादन गरेको ब्राण्ड हो । जसको प्रयोग बैदेशिक मुलुकहरुमा धेरै बढी छ । सरसफाई तथा स्वच्छता विज्ञ गोविन्द रोकाया भन्छन्,“दुर्गम क्षेत्रमा पानी कम चाहिने,लागत कम लाग्ने,अपांगमैत्री,सुत्केरी जेष्ठनागरिकका लागि सहज हुने स्याटो शौचालय निकै उपयुक्त हुन्छ । तर प्रयोगमा धेरै छैन् । हामीले स्याटो शौचालयको प्रयोगमा बढवा दिएका छौ ।“
भुकम्पपछि जाजारकोट रुकुम पश्चिममा समेत स्याटो शौचालयको माग र आबश्पता भएपनि त्यतिबेला ल्याउन सम्भव हुन सकेन् । सुरुमा डोल्पाको त्रिपुरासुन्दरी र जुम्लाको कनकासुन्दरी गाउँपालिकामा परिक्षणका लागि स्याटो शौचालय निर्माण गरिएको थियो । शौचालयको प्रयोग तथा फाईदाका विषयमा अनुभव लिएपछि नागरिकको रोजाईमा पाईएको छ । यदपी,प्रचार प्रशारको अभावले गाउँगाउँमा प्रयोग छैन् ।

हाल प्रयोग गर्दै आएको शौचालय भन्दा स्याटो शौचालय कम खर्चिलो र पानी पनि कम लाग्ने भएकोले प्रयोगमा जोड दिईएको हिमा गाउँपालिका सुष्वा परियोजनाsL वास संयोजक सुमित्रा शाहीले बताईन् । उनले भनिन,“यो शौचालयको मुख्य फाईदा भनेकै अपांगमैत्री,कम पानी लाग्ने भएकोले दुर दराजका लागि निकै उपयुक्त छ । स्याको शौचालय निर्माण र यसका फाईदाका विषयमा गाउँ गाउँमा सिकाउँछन् । तर शौचालय निर्माण भने नागरिककले आफै गर्नु पर्ने छ ।“
जापानी प्रविधिको निकै रुचाईएको स्याटो शौचालयले नागरिकलाई राहत मात्र नभई नियमित शौचालय प्रयोगको बानीको विकास समेत हुने आशा गरिएको छ । ठुलो कम्बोड र सानो आईट्रयाप सस्ताेमै स्याटो शौचालयको सामान पाईन्छ । नेपालगन्ज स्थित नेष्ट कजारीया हाडवयर सप्लायर्सले करिब २ थान सामान ल्याएको छ ।
नेपालमा पहिलाे पटक सुष्वा परियाेजनाले स्याटाे शाैचालयबारे खाेज,अनुसन्धान गरेकाे थियाे । नेपालमा निम्न वर्गका लागि र पानी कम हुने ठाउँका लागि स्याटाे शाैचालय उपयुक्त हुने निष्कर्ष सहित परिक्षण पश्चात सुष्वा परियाेजनाले स्याटाे शाैचालय प्रयाेगबारे छलफल अघि सारेकाे हाे ।
बजार प्रर्बद्दन,नागरिकलाई बुझाउन सकेको खण्डमा शौचालय प्रयोग बढ्ने र पुर्ण सरसफाई पालिका,जिल्ला घोषणामा टेवा पुग्ने समेत अपेक्षा गरिएको कनकासुन्दरीका स्वच्छता सहजकर्ता पुर्ण हमालले बताए ।



