जुम्ला । नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कर्णालीको आर्थिक समृद्धीको मेरुदण्ड कर्णाली करिडोरको विकास सरकारको प्रथामिकतामा रहेको बताउनु भएको छ । कर्णाली करिडोरको खुलालुदेखी सल्लीसल्ला सडक अनुगमन तथा आयोजना कार्यालय उद्घाटन गर्न हुम्ला पुगेका मन्त्री ज्वालाले कर्णालीको समृद्धका लागि करिडोर छिटो बन्नु पर्नेमा जोड दिनुभयो ।
मन्त्री ज्वालाले शुक्रबार बाजुराको कोल्टीमा करिडोरको दक्षिण खण्डको काम गर्ने आयोजना कार्यालय र हुम्लाको सल्लीसल्लामा निर्माण सम्पन्न भएको मोटरेबल बेलिब्रिजको उद्घाटन गर्नु भएको हो ।
भौगोलिक विकटता,कठिन भूगोल र आर्थिक अभाव करिडोर निर्माणका मुख्य चुनौती हुन् । मन्त्री ज्वालाले भन्नुभयो“भारत र चीन संग मात्र नभई करिडोरले कर्णाली र सुदुरपश्चिम प्रदेश बीचको व्यापारिक सम्बन्ध बढाउने छ । चीन जोड्ने उत्तरी नाका हिल्सा सम्म करिडोरको विकास गर्ने सरकारको लक्ष्य छ । भने भारतको जमुना सम्म करिडोरलाई जाडिने छ । यसरी दुई विकासित राष्ट् संग करिडोरले प्रत्यक्ष जोड्ने भएकोले पनि यसलाई राष्ट्यि गौरबको आयोजनाका रुपमा अघि बढाईएको छ ।”
साथै मन्त्री प्रकाश ज्वालाले यसै वर्ष भित्र हुम्लाको सिमीकोटलाई राष्ट्यि सडक सञ्जालमा जोडिने बताउनु भयो । सल्लीसल्लाको बेलिब्रीज उद्घाटन पछि मन्त्री ज्वालाले हुम्लाको सिमिकोट यसैवर्ष भित्र राष्ट्यि सडक सञ्जालमा जोडिने बताउनु भएको हो । जुन ठाउँमा जे आबश्यक पर्छ सरकारले व्यहोर्छ । उहाँले भन्नुभयोे,“करिब पाँच वटा अप्ठयारो ठाउँमा सेनालाई जिम्मा दिन्छौ । करिडोरमा बजेट अभाव हुन दिदैनौ । सल्लीसल्लादेखि सिमिकोट सम्मको करिब १५÷२० किमीमिटर सडक निर्माण कार्य चालु वर्षभित्रै सकेर सिमिकोटलाइ सडक सञ्जालमा जोड्छौ ।”
नेपालका ७७ जिल्ला मध्य ७६ वटा जिल्ला राष्ट्यि सडक सञ्जालको पहुँचमा पुगिसकेका छन् । तर कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमिकोट अझै राष्ट्यि सडक सञ्जालमा जोडिएको छैन् । सल्लीसल्लामा १ करोड ७६ लाखबढी लागतमा बेलिव्रिज निर्माण भएसंगै हुम्लाका ताजाकोट,अदानचुली र चंखेली गाउँपालिका गरी चार पालिका सडक सञ्जालमा जोडिएका छन् ।
खुलालुु देखि हुम्लाको एक सय ३७ किलोमिटर मध्ये एक सय २२ किलोमिटर दुरीको सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो । नेपाली सेनाले सुरु गरेको ६ वर्षमा ९० प्रतिशत सडकको ट्रयाक खोलेपछि सडक पहुँच सल्लीसल्ला सम्म पुगेको छ । करिडोरबाट सल्लीसल्लादेखि हुम्ला सदरमुकाम जोडन् अब करिब १५÷२० किमी मात्रै बाँकी छ ।
देशको एक मात्रै राष्ट्रिय सडक सञ्जालको पहुँच नपुगेको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट हो । ७६ जिल्लाको सदरमुकामसम्म गाडी गुड्न थालेका छन् । हुम्लाको सदरमुकाम सिमकोट अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन ।
करिडोरको बाँकी काम सेनालाई दिनु पर्ने र हुम्लालाई चाडो सडक सञ्जालमा जोड्नु पर्ने हुम्लाबासीको मागलाई एकै वर्षभित्र सम्बोधन हुनेगरी काम गरिने मन्त्रीको दाबी छ । करिडोरमा काम गर्ने निर्माण व्यवसायीदेखि,नेपाली सेना,आयोजना प्रमुखसबैलाई जिम्मेवारीनुसार काम गर्न अनुरोध गरेको उहाँको भनाई छ ।
कर्णाली करिडोरको विकास तथा कर्णाली प्रदेशको समृद्धीका लागि प्रधानमन्त्री समेत सकारात्मक रहेकोले थप बजेट व्यवस्थापन,अप्ठयारो ठाउँमा सेनालाई खटाउन र करिडोर निर्माणमा देखिएका सबैखाले समस्या समधानका लागि निरन्तर पहल गरेरपनि यसै आर्थिक वर्षभित्र हुम्लाको सिमिकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मन्त्री ज्वालाको दाबी छ ।



