जुम्ला । पातारासी गाउँपालिका वडा नं ४ लुम गाउँ स्थित भत्कीएकाे काठेपुल पुर्ननिर्माणपछि सञ्चालनमा आएकाे छ । करिब दुई महिनाअघि भत्कीएकाे उक्त लुम गाउँका स्थानीयकाे सक्रियता र पालिकाकाे लगानीमा पुल सञ्चालनमा आएकाे हाे ।
पुल भत्कीएकै भाेली पल्ट अनुमग गरेर पालिकाले ५ लाख छुटाएकाे थियाे । तर लुमगाउँका स्थानीय सबैले काम गर्न पाउनु पर्ने,पालिकाले थप बजेट छुटाउनु पर्ने माग राखेपछि निर्माणमा ढिलाई भएकाे थियाे ।
पुल सञ्चालनमा आएपछि पातारासी उपल्लाे क्षेत्र पेरे,तल्फि,छुमचाैर,हुरी महरी,गडिगाउँ लगायतका स्थानीय खुसी भएका छन् ।
महिनादिन सदरमुकाम,पालिका केन्द्र आउन नपाएका,सवारी साधन थन्कीएका कारण मर्कामा परेका स्थानीय पुल सञ्चालनपछि उत्साहित छन् । पातारासीका वडा नं १,२ र ३ का दर्जन गाउँलाई पालिका केन्द्र र सदरमुकाम जाेड्ने एकमात्र माध्यम भनेकै पुल पुल हाे । त्यहि पुल भत्कीएछि नागरिक समस्यामा परेका नागरिक खुसी भएका हुन् ।

गाउँपालिकाले समन्वय गरेपछि स्थानीय बासीकै सक्रियता पुल निर्माण भएर आइतबारदेखि सञ्चालनमा आएकाे पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेराले बताए ।
उनले भने,’पुल भत्किदा पातारासीकाे उपल्लाे क्षेत्र वडा नं १,२ र ३ का दर्जनाै बस्तिका नागरिकलाई आउजाउमा समस्या थियाे । स्कुले बालबालिका जाेखिम माेलेर विधालय जान बाध्य थिए । भने सवारी बन्द हुँदा उस्तै मार थियाे । केही ढिला भएपनि पुल सञ्चालनमा आयाे । खटिने सबैलाई धन्यबाद ।’
सक्रिय रुपमा खटिएर काठ काट्नेदेखि, पुर्ननिर्माण गरि पुल सञ्चालनमा ल्याउने सबै सर्वसाधारणलाई पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया राेकायाले धन्यबाद दिएकी छन् । सामाजिक विकासमा सरकारी बजेट मात्र ताक्ने भन्दा श्रमदान गर्ने भावनाकाे विकास हुन जरुरी रहेकाे उनकाे भनाई छ ।
पुल भत्कीएकै भाेलीपल्ट अनुगमन गरि ५ लाख छुटाएपनि नागरिककाे आपसी विवादले ढिला भयाे ।
उनले भनिन,’थाेरै ढिला भएपनि पुल सञ्चालनमा आयाे । जाेखिम माेलेर सयाै मान्छे हिड्थे कुनै घटना घटेन् खुसीकाे कुरा यहि भयाे । नागरिककाले सामाजिक विकास प्रति सकरात्मक धारणा राखेकाे खण्डमा समृद्द पातारासी बनाउ सकिन्छ । तर यहाँ खुट्टा काट्ने,सबैले लाभ लिन खाेज्ने चलन । जसले विकासमा बाधा पुराएकाे छ ।’
यदपी लुम स्थित जवा नदिमा पक्कि पुल निर्माण नभएसम्म दिर्घकालिन समधान नहुने देखिन्छ । त्यसैले पालिकाले जग्गा टुंगाे लगाएर पक्कि पुल निर्माण प्रक्रिया अघि बढाउन जरुरी छ ।



