जुम्ला ः जुम्लामा कांग्रेस महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै उच्च अदालत जुम्ला इजलाशमा रिड दायर गरिएको छ । अवैधानिक महासमिति सदस्य निर्वाचन खारेजको माग गर्दै रिड दायर गरिएको महाधिवेशन प्रतिनिधि गोबिन्द बहादुर शाहीले बताए । उनले भने यो विषयमा केन्द्रीय निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छौँ ।
उनीहरुले अधिवक्ता विकाश शाही अधिकृत भएको महासमिति सदस्य चयन निर्वाचन समितिले नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले निर्देशन अनुसार काम गरेका आरोप लगाएका छन् । निर्वाचन अधिकृतले असोज २२ गतेसम्म निर्वाचन सम्पन्न गर्न जिम्मेवारी प्राप्त गरेको हुन् । तर कार्तिक ३० गते सुचना टाँस गरियो । मंसिर ५ गते महासमितिको निर्वाचन गरियो । निर्वाचन गर्न तोकिएको म्याद भित्रै गर्नुपर्ने हो तर कसैलाई थाहाँ नदिएरै निर्वाचन गरियो ।

निर्वाचन समिति सभापति कर्ण बहादुर शाहीले गठन गरेपछि कार्यबाहक सभापतिलाई जिम्मेवारी दिइएको थियो । तर कार्याबाहक सभापतिलाई समेत थाहा नदिएर निर्वाचन प्रक्रिया अगाडि बढेको देखिन्छ,’ रिट दायर कर्ता गोविन्द बहादुर शाहीले भने । रिट दायर गर्नेमा महाधिवेशन प्रतिनिधि गिता शाही र भक्तबहादुर शाहीको पनि सहमति रहेको छ ।
यता दुबै जना निवेदकले निर्वाचनका क्रममा असहयोग गरेको आरोपमा कारवाहीको लागि सिफारिस गरेपनि ०८० श्रावण २६ गते केन्द्रीय प्रतिनिधि महेन्द्र शर्माको उपस्थितिमा जिल्ला कार्य समितिले निर्णय गरि कार्यवाही फुकुवा गरेर केन्द्रिय अनुशासन समितिलाई समेत जानकारी गराई सकेको बताएका छन् । यस्तो अवस्थामा महासमिति सदस्यमा उम्मेदवारी दिन पाउनुपर्ने उनीहरुको तर्क छ ।

निवेदक शाही र रोकायाले कार्याबाहक सभापति कार्मा बुढाले निर्वाचन अधिकृतसँग बुझ्दा कर्णाली प्रदेशका सभापति ललित जगं शाही र पूर्व केन्द्रीय सदस्य दिनबन्धु श्रेष्ठसँग सल्लाह लिई निर्वाचन तालिका निकालेको भनि गैर जिम्मेवार जवाफ दिएको भनेर निरिहता प्रकट गरेको आरोप लगाएका छन् ।
कार्यबहाक समिति बुढाले भने महासमिति सदस्य निर्वाचन अवैध भएको विषयमा केन्द्रीय निर्वाचन परिचालन समितिमा समेत पत्र पठाएका छौँ । यस्तै महाधिवेशन प्रतिनिधि दिलमाया शाहीले पनि जिल्ला र केन्द्रीय कार्यालयमा उजुरी दिएकी छन् ।
जुम्लामा नेपाली कांग्रेस महासमिति सदस्य निर्वाचन तालिका अनुसार मंसिर दुई गतेबाट निर्वाचन सुरु भएर पाँच गते सम्पन्न भएको थियो । निर्वाचनबाट ललितजंग शाही, जयहरी आचार्य, दिनबन्धु श्रेष्ठ, गौरीनन्द आचार्य, लंक व शाही, दिलबहादुर महत, लक्ष्मी प्रसाद आचार्य, रामदेवि खड्का, भगवती श्रेष्ठ, पुन्नकली महतारा र श्रीकृष्ण कामी निर्वाचित भएको निर्वाचन अधिकृत शाहीले बताए ।



