जुम्ला । गुठिचौर गाउँपालिका वडा नं. ५ का दुई सय जना जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । चिसो बढ्दै गएपछि प्रभावित भएका बृद्धबृद्धाहरुको समस्यालाई मध्यनजर गर्दै लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडाभित्रका दुई सय जेष्ठनागरिकलाई कम्बल वितरण गरिएको गुठिचौर गाउँपालिका ५ नम्बर वडाध्यक्ष कमल महतले बताए ।

\विहिबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीको उपस्थितीमा वडा भित्रका जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । चिसो बढेको बेला स्थानीय सरकारले कम्बल वितरण गरेपछि राहत मिलेको जेष्ठनागरिकहरुले बताएका छन् । जेष्ठनागरिक,असाहाय बृद्धबृद्धाको लागि स्थानीय सरकार भरोसा बन्दै गएको समेत जेष्ठनागरिकहरुले बताएको गुठिचौरका संचारकर्मी राम प्रकाश विकले बताए ।
प्रकाशित मिति : २०८० पुष १२ गते बिहिवार



