चन्दननाथ सहकारी : रैथाने उत्पादन खरिद देखि अर्गानिक मल विक्री

कर्णालीमा उत्पादन हुने रैथाने बालीको बजारीकरण गर्दै आएको छ । जुम्लासहित हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला कालिकोटमा उत्पादन हुने रैथानी बाली सिमि, फापर, मार्सी चामल, चिनो, कागुनो, स्याउको अर्गानिक मिनिमार्केट मार्फत बजारीकरण गरी विक्रीवितरण गर्दै आएको छ ।
कर्णाली प्रदेशको जुम्ला र सुर्खेतमा मिनिमार्केट सञ्चालन गरेर रैथाने बालीको बजारीकरण गर्दै आएको छ । कृषकको अर्गानिक उत्पादन खरिदसहित अर्गानिक आयो अल्गा हरियो मल सुपथ कम्पनीकै मुल्यमा विक्री गर्दै आएको चन्दननाथ बहुउद्देश्यी सहकारी संस्था जुम्लाका व्यवस्थापक ऋषिराम पाण्डेले बताए । उनले भने बजारमा प्रतिकेजी सय रुपियाँमा विक्री हुने हरियो मल सहकारीले ६५ रुपियाँ कम्पनीकै मुल्यमा विक्री गर्दै आएको छ ।
यतिबेला पुस माघको महिना स्याउ काटछाट, मलजल बगैचा व्यवस्थापन गर्ने सिजन सुरु भएकोले चितवनको एग्रो कियरबाट अर्गानिक बायो अल्गा हरियो मल विक्रीवितरण गर्दै आएको उनले बताए । मल खरिद गर्नका पैसा नै चाहिन्छ भन्ने छैन । प्रतिकेजी ६५ रुपियाँ बराबर जिन्सी सामग्री अन्नबाली दिदा पनि हुने व्यवस्थापन गरिएको छ ।
सहकारीले कम्पनीकै मुल्यमा विक्री गर्ने गरी १८ टन मल जुम्ला ल्याएको छ । जुम्लाका १४ वटा सेवा केन्द्रमार्फत विक्रीवितरण गर्दै आएको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था जुम्लाले जनाएको छ । सहकारीले १५ लाख ६७ हजार ७ सय रुपियाँमा खरिद गरी १८ टन बायो अल्गा हरियो मल ल्याएको हो ।
नेपालका ठुला बजारमा ठुला मात्रामा विक्रीवितरण जुम्लामा उत्पादन हुने मार्सीधान बलाष्ट रोगले नष्ट हुने र उत्पादन निकै घट्ने भएकोले सहकारीले माघ महिनामा माटो परिक्षण शिविर सञ्चालन गर्ने योजना बनाएका छौँ व्यवस्थापक पाण्डेले भने । मार्सी धान चमलको सहकारी मिनिमार्केटमार्फत विक्रीवितरण गर्दै आएकोले बलाष्ट रोगले उत्पादनमा ह्रास आउन थालेकोले माटो परीक्षण गर्ने योजना बनाएको हो ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस