जुम्ला । जिल्लामै पहिलो सुरक्षित पालिका अभियान थालेको जुम्लाको गुठिचौर गाउँपालिकाले नागरिकको सुरक्षामा प्रथामिकता दिएको छ । हिउँदको चिसोदेखि जाडरक्सी, लगायतका विकृतीबाट नागरिकलाई जोगाउन सुरक्षित गुठिचौर अभियान सञ्चालन गरेको हो । अभियान मार्फत अबैध मदिरा नियन्त्रण देखि चिसोमा राहत वितरणका कार्यक्रम अघि बढाएको छ ।
जस अन्तरर्गत पालिकाको सुरक्षित अभियानलाई आत्मसाथ गर्दै बृद्धाबृद्धाको राहतका लागि गुठिचौर गाउँपालिका वडा नं.१ ले ‘बाबालाई नाना र आमालाई नाना सहित खाना’ कार्यक्रम सञ्चालन गरेको ।
६० वर्ष माथिका वडाभरीका सबै बृद्धबृद्धा,विपन्न,एकल महिला र अशक्तहरुलाई ‘बाबालाई नाना र आमालाई खाना’ कार्यक्रम अन्तरर्गत विभिन्न राहत सामाग्री (बाक्लो जकेट,हर्लिक्स,फलफूल) वितरण गरिएको छ ।

गुठिचौर गाउँपालिका वडा नं. १ स्थित मनिसाँघु गाउँ जुम्ला–डोल्पाको सिमाक्षेत्रमा पर्ने हिमाली गाउँ हो । हिउँद लागेसंगै मनिसाँघुका बृद्धबृद्धाको जनजीवन प्रभावित बन्दै गएको छ । बृद्धबृद्धा चिसोले घर बाहिर समेत निस्कन सक्ने अबस्था छैन् ।
यतिबेला हिमाली जिल्लाका नागरिकलाई मिठो खाने भन्दा पनि बाक्लो लगाउने लत्तोको बढी आबश्यक पर्छ । त्यहि आबश्यकता र सुरक्षित गाउँपालिका अभियान अन्तरर्गत रहेर गुठिचौर गाउँपालिका वडा नंं. १ का बृद्ध बाबा तथा आमालाई शनिवार न्यानो जकेट,हर्लिक्स वितरण गरिएको वडाध्यक्ष अर्जुन कुमार महताराले बताए ।
बाबालाई नाना (जकेट) आमालाई नाना सहित खाना (जकेट र हर्लिक्स) वितरण गरेका छौ । उनले भने,“जकेटले चिसोबाट जोगाउला । हर्लिक्स रोग संग जुद्ने क्षामता बढाउँला भन्ने मनसायले बाबालाई नाना र आमालाई नाना सहित खाना वितरण गरेका हौ । कार्यक्रम जनमुखीनै मानिन्छ ।”

सुरक्षित गुठिचौर अभियान समेत सञ्चालन भईरहेकोले नागरिकको सुरक्षालाई पालिकाले पहिलो जोड दिएको छ । वडाभित्रका महिला एक सय आठ जना र पुरुष ८२ जना गरी जम्मा एक सय ८७ जना बृद्धाबृद्धा,एकल महिला,अशसक्तलाई जकेट,हर्लिक्स र फलफूल वितरण गरिएको वडाध्यक्ष महताराले जानकारी दिए ।
उनका अनुसार १ सय ८७ जनालाई कुल चार लाख ८६ हजार सात सय ५० रुपैया बराबरको सामाग्री वितरण गरिएको हो ।
स्थानीय बृद्ध कृष्ण बहादुर बस्नेतले वडा पालिकाबाट जकेट,हर्लिक्स दिँदा राहत भएको बताए । उनले भने,“सानोमा छदाँ आमाको कोखमा न्यानो पाईन्थ्यो । अहिले वडा सरकारले न्यानो दिईरहेको छ ।

चिसोमा जकेट,फलफूल,हर्लिक्स दिनुनै हाम्रो लागि खुसीको कुरा हो । गाविस हुँदा यस्तो केहि पाउन्थेनौ । आगामी दिनमा अशक्त,बृद्धाबृद्धाका लागि यस्तै राहतका कार्यक्रम आउन भन्ने आशा छ ।”
त्यस्तै स्थानीय बृद्ध चिरञ्जीवि अधिकारीले चिसो बढ्दै गएकोले बाक्लो जकेट,हर्लिक्स पाउँदा खुसी व्यक्त गरे । “चिसाले खान भन्दा बाक्लो लगाउनै पाए हुन्थ्यो भन्ने लाग्छ । हाम्रो मनसाय बुझेर वडाले दियो खुसी नहुने कुरै भएन् ।” अधिकारीले भने ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर बुढा,उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारी,प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरी लगायतको सहभागिता थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले लक्षित वर्गको कार्यक्रम वितरणमुखी देखिएपनि ६० वर्ष माथिका बृद्धाबृद्धाकम लागि यस्ता कार्यक्रम अत्याआबश्यक देखिएको बताए ।
उनले भने,“सुरक्षित गुठिचौर अभियान अन्तरर्गतनै हामीले नागरिकको सुरक्षाका लागि विभिन्ख कार्यक्रम गर्दै आएका छौ । सोहिअनुरुप एक नम्बर वडाले सुरुदेखि रचनात्मक काम गर्दै आएको छ । नागरिकलाई कुनै पनि जोखिमबाट बचाउनु हाम्रो दायित्व हो । पुष माघको चिसोबाट जोगाउन जकेट वितरण गरेका छौ । यसले बृद्धाबृद्धा,अशसक्त राहत मिल्ने अपेक्षा छ । ”
उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले ६० वर्ष भन्दा मुनीका यूवा,युवती देखि अन्य उमेरका नागरिकलाई उमेर सुहाँउदो रोजगारी तथा उत्पादनशील क्षेत्रमा जोड्न पालिकाले आबश्यक नीति र लगानी गर्ने बताईन् ।



