जुम्ला । गुठिचाैर गाउँपालिकाले विभिन्न नीति पारित गरेकाे छ । गाउँपालिकामा साेमबार आयाेजित १७ ओैँ हिउँदे गाउँसभा विभिन्न पाँच वटा कार्यविधि तथा मापदण्ड पारित गरेर सम्पन्न भएकाे छ ।
जसमा भवन निर्माण तथा नक्सापास कार्यबिधी -२०८०,प्राबिधिक फिल्ड भत्ता कार्यबिधी-२०८०,भुकम्पिय जोखिम मुल्यांकन सम्बन्ध मापदण्ड २०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिकाका सव-ईन्जिनियर मीन बहादुर भण्डारीले बताए ।
उनका अनुसार खर्च ब्यावस्थापन सम्बन्धी मापदण्ड-२०८० र पाेषणमैत्री स्थानिय तह तथा वडा घाेषणा कार्यविधि- २०८० गरेर पाँच वटा नीति पारित भएका हुन् ।

दैनिक सेवा प्रवाह,भाैतिक विकास लगायत पालिकाका कार्यसम्पादनलाई छिटाे छरिताे तथा नागरिकमुखि बनाउने नयाँ कार्यविधि तथा मापदण्ड पारित गरिएकाे गुठिचाैर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत धुर्वराज गिरीले बताए ।
उनले भने,’गुठिचाैरलाई समृद्द बनाउन सबै जनप्रतिनिधि एक छन् । कसैसंग अहिले तिक्तता छैन् । बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन पनि पारित भएका नीतिले सहज बनाउने आशा छ ।’
बढ्दाे भुकम्पीय जाेखिमलाई मध्यनजर गर्दै नागरिककाे सुरक्षाका लागि भवन निर्माण तथा नक्सापास कार्यबिधी -२०८० पारित गरिएकाे गुठिचाैर गाउँपालिका अध्यक्ष दान बहादुर बुढाले बताए ।
उनले भने,’अब गुठिचाैरमा नक्सापास बिना कसैले पनि नीजिघर,भवन,सरकारी संरचना बनाउन पाउने छैनन् । हाम्राे अभियाननै सुरक्षित पालिका बनाउने छ । त्यसका लागि संचरना पनि सुरक्षित बलियाे हुन जरुरी छ ।’
गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल भण्डारीले नीति बिना काम गर्न सम्भव नभएकाेले आबश्यक नीति बनाईएकाे बताईन । गुठिचाैरलाई समृद्द बनाउन सबै पक्षबाट सकरात्मक सहयाेग र रचनात्मक आलाेचना आबश्यक रहेकाेमा जाेड दिईन्
गुठिचाैर भवन निर्माण तथा नक्सापास कार्यबिधी बनाउन जुम्लाकाे दाेस्राे पालिका बनेकाे छ । जुम्लामै पहिलाे तिला गाउँपालिकाले भवन निर्माण तथा नक्सापास कार्यबिधी -२०८० निर्माण गरि कार्यान्वयन समेत गरिसकेकाे छ ।
१७ ओैँ हिउँदे गाउँसभाबाट विभिन्न निर्णय पारित गर्दै गुठिचाैरमा कुनै विवाद नरहेकाे,जनता र पालिकाकाे विकासका लागि अध्यक्ष उपाध्यक्ष,वडाध्यक्ष लगायत सिंहाे कार्यपालिका एकजुट रहेकाे सन्देश प्रवाह गरेकाे गुठिचाैरका कर्मचारीले बताएका छन् ।



