भेरीखाेलाकाे दार्मिटाकुरामा झुलंगेपुल सञ्चालन,स्थानीयलाई राहत


जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ७ स्थित दार्मिटाकुरामा झुलंगेपुल निर्माण भएकाे छ । ताताेपानी गाउँपालिका ,फाेरएस संस्था,नागरिककाे श्रमदान लगायतका निकायकाे सहयाेगमा झुलंगेपुल निर्माण गरिएकाे हाे ।

निर्माण सम्पन्न भएकाे पुलकाे विहिबार ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,उपाध्यक्ष रेवती रावलले संयुक्त उद्घाटन गरेका छन् ।

०७९ असाेज १९ देखि २५ गते सम्म आएकाे बाढी पहिराे,त्यस अघिकाे बाढीले काठेपुल बगाएपछि आवात जावतमा समस्या भएकाे थियाे । समस्यालाई मध्यनजर गर्दै स्थानीय सरकारले झुलंगे पुल निर्माण गरेकाे हाे ।

पुल निर्माण उपभाेक्ता समितिका अध्यक्ष खेमराज थापाले गाडापारीका ६० घरधुरीका लागि आवतजावतमा सहज भएकाे बताए । वर्खाकाे समयमा गाडापारी एक डेढसय घरधुरीनै गाडापारी बस्छन् । भने अन्य समयमा ६० घरधुरी नियमित बस्दै आएका छन् ।

पुल नहुँदा निकै जाेखिम माेलेर यात्रा गर्नु परेकाे भन्दै अब सहज भएकाेमा खुसी व्यक्त गरे ।

फाेरएसका प्राविधिक अधिकृत पुर्ण बहादुर थापाले कुल ४२ लाख लगानीमा झुलंगेपुल निर्माण भएकाे बताए । उनका अनुसार ताताेपानीमा हाल सम्म १५ वटा झुलंगे पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् ।

साथै ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाईले पुलकाे संरक्षणमा ध्यान दिन सुझाव दिए । केही प्राविधिक कारण निर्माणमा ढिलाई भएपनि पुल सञ्चालन संगै स्थानीयलाइ राहत भएकाे उनकाे भनाई छ । थप विवरणसहितकाे समचारका लागि प्रतिक्षा गर्नुहाेला

प्रकाशित मिति : २०८० पुष १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस