किर्तिमानी धावक रोकायाको एथेलेष्टीक प्रशिक्षकबाट अनिवार्य अवकासपछि भव्य विदाई

जुम्ला । जिल्ला खेलकुद विकास समिति जुम्लामा कार्यरत अन्तराष्ट्यि धावक तथा बरिष्ठ एथेलेष्टीक प्रशिक्षक हरि बहादुर रोकायाको उमेर हदले अनिवार्य अबकाससंगै सेवा निबृत भएपछि विदाई गरिएको छ । धावक रोकायालाई खेलकुद विकास समिति जुम्लाले शुक्रबार एक कार्यक्रमका बीच विदाई गरेको हो ।
विश्वकिर्तिमान धावक रोकायाले जीवनकालमा दर्जनौ प्रतियोगितामा सहभागिता जनाएर स्वर्ण,रजत तथा काष्य पदक जितेका थिए । राष्ट्यि तथा अन्तराष्ट्यि विभिन्न तीन दर्जनबढी प्रतियोगितामा सहभागी भई नेपालको नाम चिनाउन सफल धावक रोकाया राष्टकै गहना पनि हुन् ।

शुक्रबार जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख जनक थकाली,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे,खेलकुद विकास समितिका सदस्य सचिव संगिता आर्चायले लगायतले दोसल्ला ओडाएर,सम्मान पत्र सहित विदाई गरेका हुन् ।

२०२२ सालमा जन्मीएका धावक रोकायाले खेलकुदकै माध्यमबाट जिल्लाको नाम विश्वसामु चिनाउन सफल भएको,एथेलेष्टीक तर्फका खेलाडी उत्पादनमा जोड दिएको र समग्र जिल्लाको खेल क्षेत्रको विकासका लागि गरेको योगदानको कदर गर्दै ससम्मान साथ विदाई गरिएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले बताए ।


जिल्ला समन्वय समितिका प्रमुख जनक थकालीले धावक रोकाया जुम्लाको मात्र नभई देशकै गहना भएको बताए । उमेर हदले अनिवार्य अवकास लिएपनि बाँकी जीवनमा जिल्लाको खेल जगतको विकासका लागि उल्लेखीय भुमिका निभाउने आशा व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे एथेलेष्टीक खेलबाटैै विश्वकिर्तीमानी राखेर अवकास हुँदा सम्म खेलको विकासका लागि धावक रोकायाले निर्वाह गरेको भुमिका प्रसंशा योग्य रहेको बताए ।

उमेरहदका कारण बरिष्ठ एथेलेष्टीक प्रशिक्षणबाट अनिवार्य अबकास प्राप्त गुर्न भएका धावक हरि बहादुर रोकायाले आफ्नो प्रक्रियागत र उमेर हदका कारण मात्रै औपचारिक विदाई भएको र खेल क्षेत्रको विकासका लागि सधै सक्रिय रहने बताए ।


जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरम बहादुर महतले धावक रोकाया अनिवार्य अबकाश प्राप्त भई सेवा निबृत्त भएपनि आगामी दिनमा खेल क्षेत्रको विकासका लागि आबश्यक समन्वय सहकार्य हुने बताए । कार्यालय प्रमुख महतले दशौ राष्ट्यि खेलकुद प्रतियोगितालाई लक्षित गर्दै जुम्लामा खेलकुद पूर्वाधारको विकास हुन नसकेको गुनासो पोखे ।

बजेट अभावले भलिबल प्याराफिट अलपत्र परेको,आफु सहित कर्मचारीलाई प्रदेशमा समायोजन नगर्दा समस्या भएको,बजेटमा सधै उपेक्षा गरेको भन्दै सबै सरोकारवाला निकायाले जुम्लाको खेल क्षेत्रलाई प्रर्बद्धन गर्न ध्यान दिन आग्रह गरे । साथै सुपथ मुल्य सफल तथा सहकारी सञ्चालन गर्ने भनि खेलकुद विकास समितिको जग्गा प्रयोग गरेपनि हालसम्म सुपथ मुल्य सपल पनि नचलेको र भाडा पनि नउठेको उल्लेख गरे

प्रकाशित मिति : २०८० पुष २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस