स्थापनाको एक दशकपछि शसस्त्र प्रहरी बल आफ्नै भवनमा

साढे चार करोडमा सुविधायुक्त भवन निर्माण,आईजीपि अर्यालद्धारा उद्घाटन

जुम्ला । जुम्लामा शसस्त्र प्रहरी बलको सुरक्षा बेस हुदैँ नम्बर ३३ गण हेडक्वाटर त्रिपुरा जुम्ला स्थापना भएको करिब एक दशकपछि आफ्नै सुविधायुक्त भवन निर्माण भएको छ । जिल्लाका विभिन्न स्थानमा छरिएर अस्थायी रुपमा बस्दै आएको शसस्त्र प्रहरी बलले तातोपानी गाउँपालिका वडा नंंं ५ मा आफ्नै स्याथी संचरना (सुविधायुक्त भवन) निर्माण गरेको हो । भवन निर्माणसंगै सदरमुकामबाट नवनिर्मित भवनमा सरेको छ ।

कर्णालीका साविक ५ जिल्लामा करिब ६ सयबढी दरबन्दी रहेको शसस्त्र प्रहरीको बलको ३ सय जना शसस्त्र प्रहरी जुम्लामा कार्यरत छन् । स्थापनाकालदेखि आफ्नै स्थायी भवन नहुँदा जिल्ला प्रशासन कार्यालय,एयरपोर्ट,महिला विकास कार्यालय,कर्मचारी आवास लगायतका स्थानमा छरिएर अव्यस्थित रुपमा शसस्त्र प्रहरी बस्न बाध्य थियो ।


नेपालमा शसस्त्र प्रहरीवलको २०५७ सालमा गठन भएपनि जुम्लामा २०७२ सालदेखि सुरक्षा बेसका रुपमा रहेको र २०७५ साल जेठ २७ को सरकारको निर्णयनुसार शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेटक्वाटर त्रिपुुरा जुम्ला नामाकण भएको हो । यो करिब एक दशकको अवधिभर शसस्त्र प्रहरी आफ्नो संरचना विहिन थियो ।

भने, सहज रूपमा बस्ने र सुत्न ठाउँ त परै जावस नियमित अभ्यास गर्ने फराकिलो स्थानसमेत थिएन् । डेढ दशकदेखि सशस्त्र प्रहरी नियमित अभ्यासबाट समेत वञ्चित थिए । संरचना अभावले नियमित बिहान हुने पिटी, साँझ हुने रोलकाललगायतका अन्य अभ्यास हुन सकेका थिएनन् । डेढ दशकदेखि जुम्लाको शान्ति सुरक्षामा खटिएको ‘सशस्त्र प्रहरी बल नम्बर ३३ गण हेडक्वार्टर त्रिपुरा जुम्ला’को हालसम्म आफ्नो ब्यारेक नहुँदा थुप्रै समस्या झेल्न बाध्य थियो ।


तर तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई लगायतका प्रतिनिधिको सहयोग र शसस्त्र प्रहरीका एसपी चेतराज जोशीको अग्रसरताले तातोपानी गाउँपालिका वडा नं. ५ मा २० हजार ४५ वर्ग मिटर जग्गा निशुल्क प्राप्त भएपछि भवन निर्माण प्रक्रिया थालिएको थियो ।

संघिय सरकारबाट बजेट सुनिश्चित भएपछि २०७९ १७ गते सम्झौता भई ०८० पुस १७ गते निर्माण सम्पन्न हुने सम्झौता अनुसार निर्माणको ठेक्का पाएको (ओम बज्रहरी जेभी) कम्पनीले निर्धारित ११ महिनामै काम सम्पन्न गरेको छ । गत आवको फागुन २५ं गते शिलन्यास भएको भवन चालु आवको असोज २५ गते हस्तान्ततरण भएको थियो । (कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवास लगायतका सबै संरचना निर्माण भएर समेत शसस्त्र प्रहरी सदरमुकाम खलंगाबाट नवनिर्मित भवनमा समेत सरीसेको छ ।

तातोपानीमा नवनिर्मित सुविधायुक्त भवनको शनिवार शसस्त्र प्रहरी महानिरिक्षक राजु अर्यालले उद्घाटन गरेका छन् । शसस्त्र प्रहरी महानिरिक्षक अर्यालले छरिएर रहेको शसस्त्र प्रहरीलाई स्थायी संरचना निर्माणका लागि सहयोग गर्नेप्रति कृतज्ञता व्यक्त गरे ।

उनले भने,“बद्ढो परिबेश,भुराजनीति,सहरीकरण,जनसंख्या बृद्धिसंगै सुरक्षा चुनौती बढ्दो छ । यी चुनौतीहरुको सामना गर्दै शसस्त्र प्रहरी शान्ति सुरक्षामा तैनाथ छ । समायनुकुल शसस्त्र प्रहरीले आफ्नो सेवालाई विस्तार गर्नु पनि जरुरी छ । स्थायी बसोबास गरेको शसस्त्र प्रहरीले जुम्लाको शान्ति सुरक्षामा विशेष जोड दिने अपेक्षा छ ।”


शसस्त्र प्रहरी बल गाउँमा पुग्नु पनि संघियताको एक उपलब्धी हो । लाखौ करोडौ पर्ने जग्गा निशुल्क प्रदान गरी राष्ट्प्रेम देखाएको प्रति खुसी व्यक्त गरे । साथै जुम्लाको सिंजा क्षेत्रमा पर्ने तीनवटा पालिका र नाग्म–गमगडी सडकलाई मध्यनजर गर्दै शसस्त्रको बेस क्याम्प स्थापना गर्ने सवालमा आफु सकरात्मक भएको र प्रक्रिया अघि बढाउन आग्रह गरे ।

गाउँपालिका राष्ट्यि महासंघका केन्द्रिय उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले देश जनताको रक्षा गर्ने सुरक्षाकर्मी सर्वप्रथम आफै सुरक्षित भएमात्र देशको शान्ति सुरक्षा मजबुद हुने बताए ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले विभिन्न कठिनाईका बीच शसस्त्र प्रहरीको गण तातोपानीमा स्थापना गर्न सफल भएको बताए । भवन अभावमा वर्षौ बिताएपनि अब आफ्नै सुविधायुक्त भवनबाट नागरिकको रक्षाका लागि खट्ने आशा व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे सम्झौता बमोजिम निर्धारित समयमै शसस्त्र प्रहरीको भवन निर्माण भएपछि सरकारी विकास पनि निर्धारित समयमै हुदो रहेछ भन्ने सन्देश प्रवाह भएको बताए । स्थायी संरचना पछि अब शसस्त्र प्रहरी ढुक्कले नागरिकको सुरक्षामा खटिने विश्वास व्यक्त गरे ।


साढे ४ करोडमा भवन निर्माण
शसस्त्र प्रहरी वल नम्बर ३३ गण त्रिपुरा जुम्लाको सुविधायुक्त भवनहरु साढे चार करोड बढीको लगानीमा निर्माण भएको एसपी चेतराज जोशीले बताए । उनका अनुसार कार्यालय भवन, जवान ब्यारेक, जवानको क्वार्टर गार्ड र गणपति निवास लगायतका संरचना कुल ४ करोड ५२ लाख ३९ हजार १३९ रुपैया लगानीमा निर्माण भएका हुन् । भवन निर्माणको सबै बजेट संघिय सरकारको लगानी हो ।

निर्माण कम्पन्नीले अझै १ करोड ११ लाख ५८ हजार २९३ रुपैया भुक्तानी पाउन बाँकी रहेको छ । ठेक्का सम्झौता बजेटको अलवा एसपी चेतराज जोशीले आठ पालिका,सरकारी कार्यालय र व्यापारीबाट सहयोग जुटाएर गेट निर्माण,घेराबार,खानेपानी,बाटो,विद्युत विस्तार लगायतका संरचना निर्माण गरेका छन् ।

जग्गा निशुल्क प्रदान,भवन शिलन्यास देखि निर्माण हुन्जेल सम्म तातोपानी गाउँपालिकाले विशेष सहयोग गरेको एसपी जोशीले बताए । भवन बाहेकका संरचना बनाउन कनकासुन्दरी र गुठिचौर बाहेक तातोपानीले ५ लाख,हिमाले ५ लाख,चन्दननाथले ५ लाख,सिंजाले २ लाख र पातारासी गाउँपालिकाले साढे २ लाख सहयोग गरेका थिए ।


१९ जना दलितबाटै २० हजार वर्गमिटर जग्गा दान
शसस्त्र प्रहरीको भवन निर्माणका लागि जग्गा नपाएकै कारण वर्षौ सम्म ढिला भयो । धेरै पटक छलफल हुँदा पनि जग्गाको टुंगो लागेन् । तर तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइए लगायतका नेताले समन्वय गरेपछि तातोपानी ५ मा २० हजार ४५ वर्गमिटर जग्गा दिन जग्गा दाता तयार भए ।


आर्थिक,सामाजिक हिसाबले विपन्न मानिने दलित समुदायलेनै शसस्त्र प्रहरीको भवन निर्माणका लागि करोडौ पर्ने जग्गा निशुल्क दान गरेका गरे थिए । जग्गा दाताहरुलाई भवन उद्घाटनका क्रममा शनिवार सम्मान समेत गरिएको छ । जग्गा दिने खुम्बिरा सार्की १४६५ वर्गमिटर,फेदे कामी १८२ वर्गमिटर,कैलो सार्की १०७५ वर्गमिटर,नरबहादुर सार्की,जालगेडी सार्कीले ७९५ वर्गमिटर,साउने दमाईले ८२५ वर्ग मिटर जग्गा दान गरेका छन् ।

त्यस्तै,प्रदिप नेपालीले १८१ वर्गमिटर,सगुने सार्कीले १२०२,लालचन्द्र नेपालीले ४८५० वर्गकिमी,नन्दे सार्कीले ७१० वर्गमिटर,गोपाल सार्कीले १३३५ वर्गमिटर,धन सार्कीले १२०२ वर्गमिटर ,माग्ले सार्कीले १८२ वर्गमिटर जग्गा दिएका हुन । भने,पुन्ने लाल नेपालीले १९२५ वर्गमिटर,छत्र सार्कीले २३५५ वर्गमिटर र प्रेम बहादुर सार्की,धनलाल सार्की,कासिकला सार्की र हरि बहादुर साकीले १९६० वर्गमिटर गरी १९ जना दलित समुदायले २० हजार २४ वर्गमिटर जग्गा निशुल्क दान गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

भ्वन तथा ब्यारेक निर्माण संगै सशस्त्र प्रहरीका खेलकुद क्रियाकलाप गर्दासेनाको टुँडिखेल मैदान माग्नुपर्ने,नयाँ जनशक्ति भर्तीगर्दा गर्दा सडकमा दौडाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । भवन उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरीका प्रदेश प्रमुख डिआईजी,शसस्त्र प्रहरी परिवार महिला संघ कर्णाली प्रदेश अध्यक्ष,जिल्लाका सबै पालिकाका प्रमुख,सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो । जग्गादातादेखि भवन शिलन्यासबाट निर्माण सम्पन्न हुन्जेल सम्म सहयोग गर्ने सबैलाई सम्मान समेत गरिएको छ ।

हेर्नुहोस शसस्त्र प्रहरीको हुड्के नाचको भिडियो

प्रकाशित मिति : २०८० पुष २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस