जुम्ला : दोस्रो जिवन्त नेपाल म्युजिक अवार्ड २०८० मा पदम रोकाया बेष्ट म्युजिक कम्पोजरमा विजेता भएका छन् । अग्लेश्वरी हिल्स विकास कोषको आयोजनामा पुस २३ गते काठमाडौंको राष्ट्रिय नाचघरमा संस्कृति पर्यटन राज्यमन्त्री शुसिला सिर्पाली ठकुरी, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति एवम् अग्रज संगीतकार शम्भुजीत बासकोटा सहित विभिन्न अग्रज कलाकारले समारोहमा कलाकारलाई सम्मान तथा अवार्ड प्रदान गरेका हुन् ।
वरिष्ठ संगीतकार पदम रोकायाको बि.स २०४६ माघ ८ गते कनकासुन्दरी गाउँपालिका जुम्लामा बुवा चन्द्रवीर रोकाया र आमा छुमकला रोकायाको कोखबाट जन्मेका उनी १६ बर्षको उमेरमै आफ्नै शब्द÷संगीत र स्वरमा मेरि मायालु, जुम्ला कालिकोट जस्ता चर्चित गितहरुबाट संगीत क्षेत्रमा उदाएका हुन् ।
जुन गित अत्यन्त लोकप्रिय समेत भएका थिए । संगीत र शब्दमा ख्याती कमाएका रोकाया एक कुशल गायक पनि हुन् । करिब ८ सयभन्दा बढी गितहरुमा संगीत÷शब्द र स्वर भरीसक्नु भएका रोकायाका माया गर्ने जीवन साथी, तिमी देखि टाढा, जिन्दगीमा तिमी थियाँै, मेरो दिलको राजा, तिम्ले घृणा गरेपनि, मुटु भित्र, धोका दिने धोके बाज, जुम्ला कालिकोट जस्ता दर्जनौ सुपरहिट गितहरु बजारमा आजका दिनसम्म पनि उतिकै लोकप्रिय छ्न् ।

कर्णाली कलाकार समाजको अध्यक्ष समेत रहेका रोकाया तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन गरिएको रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ को आयोजक समिति अध्यक्षको भुमिका निर्वाह गर्दै नेपाली संगीतको उच्चपदमा समेत रहेर काम गरिरहेका छन् । रोकाया नेपाल सरकारको राष्ट्रिय पुरस्कार २०७५ द्वारा सम्मानित, म्युजिक खबर युवा प्रतिभा सम्मान २०७४, नेसनल पावर न्युज म्युजिक अवार्ड सन् २०१८, राष्ट्रिय संगीतकर्मी म्युजिक अवार्ड २०७५, रारा साहित्य प्रतिष्ठान स्रटा सम्मान २०७६ आदि पुरस्कार सम्मानबाट सम्मानित भैसकेका छन् ।
रोकाया विभिन्न अवार्डहरु जित्न सफल र सम्मान प्राप्त गर्ने हाम्रो कर्णाली प्रदेशकै पहिलो ब्यक्ति पनि हुन् । त्यसैले कनकासुन्दरी गाउँपालिकाको आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा भएको कर्णाली प्रदेश स्तरिय खस सिंजा महोत्सव २०७६ मा सम्मानित भएका थिए । दुर्गम जिल्लामा जन्मेर नेपाली गित संगीतमा चर्चा परिचर्चाको पात्र बनेका छन् । नेपालको राजधानी काठमाडौँमा लामो समय देखि सरकारी विद्यालय देखि संगीत विद्यालयसम्म संगीत शिक्षकको रुपमा संगीत सिकाउदै आएका छन् । उनकै सृजना र संगीत शिक्षाले नेपालका सयौ चर्चित कलाकार उत्पादन भएका छन् ।
त्यसैले रोकायालाई संगीतका गुरु भन्ने गरिन्छ । उनको कार्य कुशलताले नेपाली गित संगीत क्षेत्रमा ठुलो योगदान पुगेको छ । २०६९ सालमा पदम रोकाया एकल साँझको समेत भब्यरुपमा आयोजना गरेका थिए । निष्ठुरी, परि, कर्णाली दुर्दशा, परि–द्द, मेरि मायालु, जुम्ला कालीकोट, प्रगति गितिसंग्रहहरु नेपाली सुगम संगीतको बजारमा अत्यन्तै चर्चामा छन् ।
नेपाली गित संगीत र साँस्कृतिको क्षेत्रमा अब्बल रोकाया अन्य विभिन्न संघ संस्थामा सल्लाहकार, सहयोगी हुदै सामाजिक कार्यमा पनि सशक्त रहदै आएका छन् ।



