यस प्रतिष्ठानको छात्राबासको प्रयोजनको लागि देहायकमा उल्लेखित सुविधा भएको घर भाडामा लिन आवश्यक रहेको हुँदा घर भाडामा दिन इच्छुक घरधनीले जग्जाधनी प्रमाण पूर्जाको छाँयाप्रति, निर्माण सम्पन्न प्रमाणपत्रको छाँयाप्रति सहित घरभाडा उल्लेख गरी (नियमानुसार लाग्ने कर रकम सहित) यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र (उक्त दिन सार्वजनिक बिदा पर्न गए सो पछि कार्यालय खुलेको दिनसम्म रहनेछ) कार्यालय समयमा प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा निबेदन दिन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
छात्राबास निम्न बमोजिम हुनुपर्नेछः
ड्ड चन्दननाथ नगरपालिका वडा नं. २,३,४,५ र ६ भित्रको क्षेत्रफलमा हुनु पर्नेछ ।
ड्ड छात्रबास प्रयोजनका लागि घरभाडा दिदाँ उक्त घरमा किचेन, डाईनिङ्ग हल, बिजुलि, खानेपानीको सुबिधा सहितको शान्त वातावरण एवम् कोलाहल तथा होहल्ला नहुने स्थानमा रहेको, मोटर बाटोको पहुँच भएको, गाडी पार्किङ्गको ब्यबस्था भएको, कम्पाउण्ड सहित अन्य आवश्यक सुविधा भएको घर हुनु पर्नेछ । जतिसक्दो धेरै बिद्यार्थीहरु राख्न मिल्ने घरलाई प्राथमिकता दिईनेछ ।
ड्ड तातोपानीको ब्यबस्था र बत्तिको बैकल्पिक ब्यबस्था भएको घरलाई प्राथमिकता दिईनेछ ।
ड्ड एटेज कोठा भएकोलाई प्राथमिकता दिईनेछ ।
आवश्यक कागजातहरुः
१) घरधनि लालपुर्जा को छायाँकपी ।
२) घर तिरो तिरेको रसिदको छायाँकपी ।
३) घर नक्सा पास भएको छायाँकपी ।
४) घरको निमार्ण सम्पन्न प्रमाणपत्र छायाँकपी ।
५) घरभाडा दिन ईच्छुक भएको भनि निबेदनमा भाडा दररेट घरबहाल कर सहित प्रतिमहिनाको दररेट सिलबन्दी कोटेशन पेश गर्नु पर्नेछ ।
६) दरखास्त पेश गर्दा प्रतिष्ठानको कृषि बिकास बैंकमा अबस्थित खाता नं. ०७२१३००६२७९७१०१४ मा रु. २,०००।०० जम्मा गरेको सक्कल भौचर राखि पेश गर्नु पर्नेछ ।
७) अन्य उपलब्ध र आवश्यक कागजातहरु ।
शर्तहरुः
घरभाडामा लिने नलिने अधिकार प्रतिष्ठानमा सुरक्षित रहनेछ ।
निवेदकले घरभाडा वापतको मासिक रकम अंक र अक्षर दुबैमा लेख्नुपर्नेछ ।
घरभाडाको भुक्तानी ३ महिना पुरा भएको मितिले १ हप्ताभित्र हुनेछ ।
घरभाडा निर्धारण प्रतिष्ठानमा गठित घरभाडा मूल्याङ्कन समितिबाट निर्धारण गरे बमोजिम आपसी सहमती वा नियम अनुसार हुनेछ ।
भाडा भुक्तानी गर्दा नियमानुसार करकट्टी गरी भुक्तानी गरिनेछ ।
प्रस्ताव स्वीकृत भई सम्झौता भइसकेपछि कबुलियत बमोजिमको सेवा उपलब्ध नभएमा प्रतिष्ठानले सम्झौता रद्ध गर्न सक्नेछ ।
अन्य कुराहरु प्रचलित कानून बमोजिम हुनेछ ।
नोटः माथि उल्लेखित कागजातहरु नपुगी दरखास्त पेश भएका प्रस्तावदाताको प्रस्ताव स्वीकृत गर्न प्रतिष्ठान बाध्य हुने छैन ।
रजिष्ट्रारको कार्यालय
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला



