राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप निलम्बित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले निलम्बन गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतले निजलाई दोषी ठहर गरी सजाय गरेकाले खेलबाट निलम्बन गरिएको बताएका छन् ।

क्रिकेटर सन्दीप लामिछानेलाई बुधबार जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर गरी आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु. पाँच लाख भराउने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस