जुम्ला । तातोपानी गाउँपालिका वडा नं. ८ का केहि गाउँहरु अझै संचार सेवाको पहुँचमा नपुगेको पाइएको छ । गत बुधबारदेखि तातोपानी ८ मा रहेको थलाले टावर सञ्चालनमा आएपनि सोही वडाका केहि दुर्गम बस्तीमा उक्त टावरले काम नगरेको पाइएको हो ।
बुधबार थलाले टावर संञ्चालनसंगै दुर्गम भेरीखोला संचार पहुँचमा पुगेको भन्ने समचारहरु थुप्रै मिडियामा आएपछि तातोपानी ८ का माथिल्लो भेगका नागरिकले समचारमा भनेजस्तो संचार सेवा विस्तार नभएको,सास्ती उस्तै रहेको गुनासो पोखे । वास्तविकता नबुझी प्रचार गरेको भन्दै स्थानीयले आलोचना गरे ।
लामो समयदेखि संचार असुविधा भोग्दै आएको भेरीखोला क्षेत्रको समस्याबारे बुझ्न शक्रबार तातोपानी ८ को डुंग्री गाउँ पुगियो । प्रत्यक्ष स्थलगत रुपमा रिपोर्टिङ गर्दा तातोपानी ७ मा पर्ने ताम्ती स्वास्थ्य चौकी स्थित लामाबगरबाटै टावरले काम गर्न छोड्यो । स्वास्थ्य चौकी आसपास झाप्प झुप्प टावर आउने गरेपनि डुंग्री गाउँ पुग्दा पुर्ण रुपमा टावर गयो ।
संचार विहिनै भयौ । सानो किर्बोड मोबाईलमा त्यो पनि घरबाहिर आएर कुरा गर्नुपर्ने स्थिती देखियो । २४ सै घण्टा संचार सेवा भनिएकोमा वास्तविकता अर्कै भेटियो । शनिवार दिउँसो स्थानीय संग प्रत्यक्ष भेटघाट गरी बुझ्दा थलाले टावर सञ्चालन भएपनि तातोपानी वडा नं. ८ को सबैभन्दा दुर्गम गाउँ मछाली,बुडाबाडा,टोप्ला,डुंग्री लगायतका क्षेत्रमा अझै टावरले काम नगरेको पाईएको हो ।
वर्षौदेखि अलपत्र थलाले टावर गाउँपालिकादेखि सांसदहरुको ताकेतामा सम्पन्न भएपछि सञ्चालनमा आएपनि भेरीखोला क्षेत्रका सबै गाउँ ंसंचार पहुँचमा पुग्न सकेका छ्रैनन् । टोप्ला गाउँका स्थानीय लोक बहादुर शाहीले थलाले टावर सञ्चालन भएपनि टोप्ला,मछाली,बुडाबाडा,डुंग्री लगायतका केही बस्ती अझै संचार विहिन रहेको बताए ।
उनले भने,“वर्षौदेखि अलपत्र थलाले टावर संचालनपछि फोरजी सहितको ईन्टरनेट तथा टेलिफोन सेवा सुरु हुने आशा थियो ।
संचार असुविधाले भोग्नु परेका समस्या अन्त्य हुने अपेक्षा गरियो । तर टावर सञ्चालन भएको कुरा सर्वत्र फैलियो तर हाम्रो अबस्था उस्तै छ । के कति कारणले टोप्ला लगायतका केहि गाउँमा थलाले टावरले काम नगरेको यस विषयका तत्काल समधान हुनुपर्ने माग छ ।”
स्थानीय सरकार संचालनपछि गाडी नगुडेपनि गाउँगाउँमा सडक पुगेका छन्,खानेपानी विकास भएकै छ । राष्ट्यि प्रशारणलाईन पनि पुगेकै छ । तर सबैभन्दा समस्याका रुपमा रहेको संचार सेवाको दिर्घकालीन समधान हुन नसकेकोमा स्थानीय दल बहादुर शाहीले बताए ।
उनले भने,“वास्तविक अबस्था बुझ्न गाउँघर आउनु भएकोमा धन्यबाद । जताततै भेरीखोला संचार पहुँचमा भन्ने सुनियो । तर हामीले ढुक्कले फोन गर्न पाएका छैनौ । कि वडा नं. ८ का मछाली,बुडाकाडा,डुंग्री टोप्ला भेरीखोलामा पर्दैनन् ? पर्छन् भने यहाँको संचार समस्याबारे पालिका,नेपाल टेलिकम सबै गम्भीर हुन आबश्यक छ ।”
साथै ताम्ती स्वास्थ्य चौकीको क्षेत्रमा पनि टावरले काम नगरेको पाइएको छ । भोल्ट कनेक्ट भएको मोबाईल सेटमा मात्रै फोन तथा ईन्टरनेटले काम गरेको र अन्य कुनै पनि मोबाईल सेटमा टावरले काम गरेको छैन् । टावर संचालनपछि पनि किन सबै गाउँमा संचार सेवा विस्तार हुन सकेन् ? खास समस्या के हो भन्ने विषयमा सम्बन्धित निकायसंग बुझेका छौ ।
टुजी जडान नहुँदा समस्या भयो,चाडै समधान हुन्छः प्रमुख शाह
नेपाल टेलिकम शाखा जुम्लाका कार्यालय प्रमुख सुर्य यादवले थलाले टावरमा टुजी जडान हुन बाँकी रहेकोले टाढाका गाउँहरुमा टावरले काम नगरेको बताए । टुजी जडान नभएर सम्म साना ठुला कुनै पनि मोबाईलमा टावरले काम नगर्ने उल्लेख गरे । टुजीको सामान ल्याउन छुटेकोले समस्या भयो ।
उनले भने,“हामीले चलाउने मोबाईल प्राय ८ सय ब्याण्ड र १८ सय ब्याण्डका हुन्छन् । ८ सय ब्याण्डवाला मोबाईलले टाढा दुरीमा टावर टिप्छ भने,१८ सय ब्याण्डको मोबाईलले नजिक टिप्छ । तर दुबै ब्याण्ड भएको मोबाईलमा फोरजी सहित टेलिफोनले राम्रो काम गर्छ । तर टुजी जडान बिना सम्भव छैन् । सामान आउदै गरेकोले समस्या समधान हुन करिब एक हप्ता लाग्छ ।”
एक हप्ताभित्र भेरीखोलाका सबै गाउँहरुमा थलाले टावरले काम गर्ने उनको भनाई छ । यदपी,८ ब्याण्ड भएकोले टाढाबाट पनि टावर टिप्ने र सय १८ ब्याण्ड भएका मोबाईलहरुमा भने टावर नजिक भए मात्रै काम गर्ने प्रमुख यादवले जानकारी दिए । उनका अनुसार टुजी जडानपछि ८ सय १८ सय ब्याण्ड भएका मोबाईलमा कुनै समस्या हुने छैन् ।



