राष्ट्यि प्रशारण लाईन अनियमित हुँदा उपभोक्तालाई सास्ती

जुम्ला । जुम्लामा राष्ट्यि प्रशारण लाईनको बत्ती भरपर्दो नहुँदा स्थानीयले सास्ती पाएका छन् । बजारमा ट्युसन पढ्ने विद्यार्थीदेखि स्थानीय व्यापारी तथा उपभोक्ताहरु राष्ट्यि प्रशारण लाईनको बत्ती अनियमित हुँदा मर्कामा परेका हुन् ।
जुम्लामा ११ केभीको राष्ट्यि प्रशारण लाईन पुगेको साढे दुई वर्ष बित्यो । २०७८ साल साउन १८ गते जुम्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएको थियो । नियमित बत्ती अभावको समस्या झेलिरहेका जुम्लाबासी राष्ट्यि लाईन पुगेसंगै अध्याँरो मुक्त हुने आशामा थिए ।

चन्दननाथ नगरपालिका –५ का खडानन्द न्यौपाने जुम्ला राष्ट्यि प्रशारण लाईनमा जोडिने चर्चा चल्दा बत्ती अभावले भाग्नु परेका सबै समस्या अन्त्य हुने आशमा थिए । लामो समयदेखि व्यापार समेत गर्दै आएका न्यौपाने बत्ती पुगेपछि फ्रिज चलाउला,प्राप्त बत्ती आउला,गाउँघर झिलिमिलि होला,विधार्थीलाई पढ्न सहज होला भन्ने आशा गरिएपनि सबै निरासा बनेको बताउँछन् ।

उनीभन्छन,’जुम्लामा बत्तीको लाईन पुगेको २ वर्ष भयो । तर उपभोक्ता चाहेको बेला बत्ती पाएका छैनन् । बत्ती आएपनि मोबाईल सम्म चार्ज हुदैन् । फ्रिज चल्ने,साना उधोग व्यवसाय धान्ने कुरा परकै छ। हिउँद सुरु भएदेखि बत्ति नियमित हुँदा निकै समस्या भएको छ । राष्ट्यि लाईनप्रति धेरै अपेक्षा गरिएपनि व्यवस्थापन गतिलो नहुँदा नागरिकले दुख मात्रै पाएमा छन् ।’

राष्ट्यि लाईन पुगेपछि प्रायले घरमा मिक्सर,लुगा सिलाउने मेसिन,फर्निचर उधोग देखि ईलेक्टोनिक व्यवसाय समेत सुरु गरेका छन् । बत्ती नहुँदा घरको मिक्सर मात्र थन्किएको छैन् । लाखौ ऋण गरेर सञ्चालन गरिएका व्यापार समेत ठप्प छन् ।

यतिबेला जुम्ला सदरमुकाम ट्युसन पढ्ने विर्धाथीेले भरिभराउ छ । बत्ति नियमित नआउदा ३÷४ वर्ष पहिले जस्तै क्याण्डल बाल्नु पर्ने स्थिती छ । जसले पढाईमा समेत बाधा पुगिरहेको विधार्थी सितला कामीले बताईन् । प्राय बत्ती गईरहने,आएपनि ९÷१० बजेपछि मात्रै अलिक पावर आउने विहान बेलुकाको ६–९ बजेसम्म पावरनै नआउने जस्ता तमाम समस्या हुँदा सरोकारवाला पक्ष मुखदर्शक बनेको स्थानीय चौलागाईको गुनासो छ ।

कोहलपुर,सुर्खेत,दैलेख,कालिकोट हुँदै जुम्ला पुगेको लाईनमा प्रयाप्त सवस्टेशन नहुनु,दुरी लामो हुनु,भौगोलिक विकटता लगायतका कारणाले जुम्लामा राष्ट्यि प्रशारण लाईन भर्दाे हुन सकेको छैन् ।

अत्याआबश्यक समयमा बत्ती नआउने र रातीको समयमा आएर कुनै अर्थ नहुने स्थानीय पुर्णसिंह कठायत बताउँछन् । राष्ट्यि प्रशारण लाईन भरपर्दाे नहुँदा कर्णालीले सास्ती मात्रै खेपेको छ । उनले भने,’अस्पताल गयो बत्तीछैन भनेर एक्सरे समेत नगरी फिर्ता हुनुपरिरहेको छ। बैंक गयो बत्ती नहुँदा ईन्टरनेट छैन् भन्छन् । घरमा खाना पकाउँदा,खाने समयमा अध्यारै,क्याण्डल बालेर कट्टा गर्नुपर्छ । यसरी नाम मात्रको नेश्नल ग्रिडको काम छैन् । सुधारमा ध्यान दिन जरुरी छ ।’

हिउँदको चिसोमा कतिले घरमा छिसो छल्न हिटर समेत खरिद गरेका छन् । तर मोबाईलनै चार्ज नहुने बत्तीले हिटर चल्ने स्थिती नभएपछि ईलोक्टोनिक सामान सबै थन्किएको उनको भनाई छ ।

राष्ट्यि प्रशारण लाईनको बत्ती भरपर्दाे नहुँदा जुम्ला कर्णालीमा अन्य ८ जिल्ला पनि प्रभावित भएका छन् । कर्णालीका १० जिल्ला मध्य ९ जिल्ला राष्ट्यि प्रशारण लाईनमा जोडिएका छन् । बत्ति अनियमित हुँदा सबै जिल्लाको अबस्था उस्तै छ ।

लाईन विस्तारको काम गाउँ गाउँ सम्म गरेपनि बत्ती नआउदा दाउरा बाल्नु पर्ने,अध्यारोमै काम गर्नु पर्ने जस्ता सास्ती खेप्नु परेको तातोपानी–८ का विजय शाहीले बताए । जिल्लाकै दुर्गम टोप्लामा पनि लाईन विस्तार भएको छ । शाहीका अनुसार स्थानीयबत्ती हुँदा नियमित आईरहने गरेपनि राष्ट्यि बत्ति पाउना जस्तै आकलझुक्कल आउने गरेको छ। टोप्लाको स्थानीय बत्ती गत असोजको बाढीले बगाएको थियो ।

लोड बढी हुँदा पावरमा समस्या
बत्तीको विकासपछि सबै काम सहज रुपमा हुनुपर्ने नागरिकको अपेक्षा गलत हैन् । बत्तीबाट हुने सबै काम छिटो र छरितो गर्ने आशा गरेका नागरिकलाई बत्तीको पावरले धोका दिएको छ ।

हिउँदको समयमा बत्तीको लोड बढी भएकोले पावर कम आएको नेपाल विधुत प्राधिकरण जुम्ला वितरण केन्द्र राम आशिष् शाहको जवाफ छ । तर यो जवाफबाट नागरिक सन्तुष्ट छैनन् । मोबाईल चार्ज नहुने पावर आउने केका लागि राष्ट्यि लाईन ? आबश्यकतानुसार प्रयोग बढ्छ यसको व्यवस्थापन हुनुपर्ने भन्दै आक्रोस व्यक्त गर्छन् ।

तर राष्ट्यि प्रशारण लाईनका बेथा पनि आफ्नै छ । आफ्नो प्रगती देखाउन कार्ययोजनानुसार गाउँगाउँ सम्म लाईन विस्तार गरेपनि सेवा दिन नसक्नु नेपाल विधुत प्राधिकरणको कमजोरीनै हो ।

११ केभी प्रशारण लाईनको दुरी लामो हुनु,सुर्खेत,दैलेख कालिकोटमा बढी बिग्रिनु,बीचबीचमा सबस्टेशनहरु नहुनले हिमाली जिल्लामा बत्ती अफडाउन भएको प्रमुख शाहले जानकारी दिए । हिउँदको समयमा लोडबढी हुने भएकोले बत्तीको भोल्टेज कम भएको उनको दाबी छ ।

उनका अनुसार ३३ केभी प्रशारण लाईनको काम भईरहेकोेले पनि बत्ती आउने जाने भएको छ । यदपी विगतको भन्दा बत्ती नियमित आई रहेको नेपाल विद्युत प्राधिकरण जुम्लाका प्रमुख.राम आशिष शाहीको दाबी छ ।

प्रदेश राजधानी सुर्खेत पछिको ठुलो शहर जुम्लामा नाम मात्रको राष्ट्यि प्रशारण लाईन पुग्दा स्थानीयले पाएको सास्तीलाई मध्यनजर गर्दै दिगो र भरपर्दो विजुली व्यवस्थापनमा तीनै तहका सरकारको ध्यानुपर्ने कर्णालीबासीको माग छ ।

कर्णालीको विधुतीकरण प्रथामिकतामा रहेको बताउँदै आएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विस्तार भएको बत्तीलाई भरपर्दाे र व्यवस्थित बनाउन ध्यान दिएका छैनन् । केही महिना अघि जुम्ला पुगेका निर्देशक घिसिङले बत्ति अभावले कुनै काम नरोकिने,बत्तीको निरन्तरता र नागरिकको पहुँच बृद्दि गर्ने बताएका थिए । तर राष्ट्यि लाईन ओैपचारिकतामै सिमित हुँदा कर्णालीका नागरिकले सास्ति पाएका छन् ।

राष्टिय लाईन पुगेपनि भरपर्दाे नहुँदा स्थानीय जलविद्युत आयोजना निर्णमा समेत जोड दिईएको छ । भौगोलिक हिसाबले जुम्लाका बस्ति दुर्गम भएपनि विजुली उत्पालन र प्रवाहका दृष्टिले राष्ट्यि प्रशारण लाईन भन्दा स्थानीय विधुत भरपर्दाे छ ।

प्रकाशित मिति : २०८० माघ ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस