लुम्बिनी बौद्ध विश्वविद्यालय सदस्यमा पुष्पा लामा मनोनयन

जुम्ला : लुम्विनी बौद्ध विश्वविद्यालय सभाको सदस्यमा पुष्पा लामा तामाङ मनोनयन गरिएको छ । मुगुम कार्मारोग गाउँपालिका मुगु हाल चन्दननाथ नगरपालिका – ५ जुम्लाकी पुष्पा लामालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सदस्यमा मनोनयन गरेको हो ।
प्रधानमन्त्री तथा कुलपतिले लुम्विनी बौद्ध विश्वविद्यालय ऐन, २०६३ को दफा ७ को उपदफा (२) को (द) को रिक्त रदस्य पदमा तीन वर्ष पदावधि कायम हुने गरी २०८० पुस १७ गते लामालाई सदस्य मनोनयन गर्ने निर्णय भएको हो ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस