राप्रपाले बृहत् आन्दोलन गर्दै,मूल समितिकाे सदस्य सचिवमा ज्ञानेन्द्र शाही

जुम्ला । राष्टि्य प्रजातन्त्र पार्टिले देशव्यापी बृहत्त आन्दाेलनकाे तयारी गरेकाे छ । त्यसका लागि बृहत्त आन्दाेलन मुल समिति गठन गरिएकाे छ ।

उक्त बृहत्त मुल समितिकाे सदस्य सचिवमा सांसद ज्ञानेन्द्र बहादुर शाही नियुक्त भएका छन् । शाहीलाई उक्त पदमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्त गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठद्दारा जारी विज्ञप्तीमा उल्लेख छ ।

शाहीलाई आन्दोलन मूल समितिका संयोजकसमेत रहेका लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी प्रदान छ ।

प्रकाशित मिति : २०८० माघ ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस