जुम्ला । जुम्लामा राष्ट्यि प्रशारण लाईन भरपर्दाे नहुँदा नागरिकले सास्ती पाउदै आएका छन् । प्रदेश राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्ला विगत लामो समयदेखि बत्ती अभावको समस्या झेल्दै आएको छ । राष्ट्यि प्रशारण अनियमित हुँदा साना उधोग,होटल तथा ईलोक्टोनिक व्यवसायी,विद्यार्थी लगायत उपभोक्ता निरन्तर मारमा छन् ।
राष्ट्यि प्रशारण भरपर्दाे नभएपनि पातारासी गाउँपालिका–१ मा निर्माण हुँदै गरेको ९ सय ९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत आयोजनाले जिल्लाको विद्युत अभावलाई अन्त्य गर्ने अपेक्षामा नागरिक थिए ।
उक्त आयोजनाबाट ९ सय ९८ किलोवाट विद्युत उत्पादन भएपछि गाउँघर मात्र झिमिमिलि हुने छैनन् । बत्ति अभावले रोकिएका सबै काम सुचारु हुने र विद्युतका हिसाब जुम्ला आत्मनिर्भर हुने छ ।
तर १८ महिनामै सकिनु पर्ने आयोजना सम्झौता भएको चार वर्ष बितिसक्दा पनि अझै सञ्चालनमा आउन सकेको छैन् । चुकेनी जलविद्युत आयोजनाको सम्झौता २०७६ जेठ १० गते भएको थियो । सम्झौताको मितिबाट १८ महिनामै सकिनु पर्ने हो । तर म्याद थप गर्दै निर्माण गरेपनि आयोजनाले अपेक्षित गति लिन सकेको छैन् । म्याद थप्दापनि गत मंसिर १५ सम्म निर्माण भई सञ्चालनमा आउनु पर्ने हो । तर ठेकेदारकै ढिलासुस्तीले आयोजनाको अझै १० प्रतिशत काम बाँकी रहेको छ ।
सम्झौता मिति सकेर म्याद थपेर सो समय पनि सकिदा सम्म बत्ती बल्ने टुंगो नभएपछि नागरिकमा निराशा छाएको छ । नयाँ वर्षमा बल्छ,दशैँमा बल्छ,तिहारमा बल्छ भन्दा भन्दा महिनौ बित्यो । केही महिनाअघि आयोजनाको २ प्रतिशत काम मात्र बाँकि रहेको भन्ने केही मिडियामा समचार आए । तर पनि बत्ती बलेन् ।
आयोजनाको बास्तविकता बुझ्न सदरमुकामबाट पुर्वमा रहेको चुकेनी जलविद्युत आयोजनाको निर्माणक्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्दा आयोजनाको १० प्रतिशत काम अझै बाँकी रहेको पाईएको छ । विभिन्न समयमा बत्ती बल्छ भनेर झुट्टा प्रचार गरिएपनि आयोजनाको प्रगतीनुसार चुकेनीको बत्ती बल्ने दिन अझै टाढिदै गएको छ ।
यता स्थानीय चुकेनीको बत्ती कहिले बल्छ भन्दै प्रतिक्षामा रहेको बर्षाै बित्यो । पातारासीका स्थानीय बुद्दि एैडी भन्छन्,‘आयोजना चाडै बन्ला बत्ती अभावको समस्या हट्ला भन्ने आशा पूरा कहिले हुने होला ? नत उज्यालो पायौ न काम गरेको पैसा । दशैँमा बल्छ भनियो बत्ती बलेन्,तिहार पनि त्यसरीनै बित्यो । हेर्दा हेर्दै आँखा पट्याईसके बत्ती आउने भर छैन् । बत्ति बल्छ भन्दा भन्दै वर्षाै बितिसक्यो । अझै कति समय लाग्ने होला ?’
आयोजनाको अझै १० प्रतिशत काम बाँकि
ठेकेदार कम्पनीको ढिलासुस्तीले चुकेनी जलविद्युत आयोजनाको अपेक्षित प्रगती हुन सकेको छैन् । ६÷७ महिनामा बन्ला भन्न थालेबाट हालसम्म आयोजनाको प्रगति उस्तै छ । आयोजना निर्माण स्थलमै पुगेर बुझ्दा चुकेनी जलविद्युत आयोजनाको काम अझै १० प्रतिशत बाँकी रहेको पाईएको छ । सम्झौता मिति सकिएर म्याद थप्दा पनि चुकेनी जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतीमा बढीरहेको छ । अझै आयोजनाको १० प्रतिशत काम बाँकी रहेको निर्माण कम्पन्नीका प्रतिनिधि श्रीराम परासर बताउँछन् ।
यश कारण नागरिक बेग्र प्रतिक्षामा रहेपनि चुकेनी जलविद्युत आयोजनाको बत्ती बल्ने दिन टाढिदै गएका हुन् । ठेकेदार कम्पनीका प्रतिनिधि श्रीराम परासरले आयोजनाको १० प्रतिशत काम हुन बाँकि रहेको बताए । उनका अनुसार अबको काम इन्डियाबाट आउने प्राविधिकले गर्ने हुन । उनीहरु चाँडै आए काम चाँडै सकिनेछ । उनले भने,‘बैशाखसम्म बत्ती बल्ने अनुमान गरेका छौ । सबै काम सकिएपनि लाईन टेष्टिङको काम बाँकि छ । त्यसका लागि भारतबाटै प्राविधिक आउनु पर्ने छ । जत्ती चाडो आए उत्तिकै छिटो बत्ती बल्ने छ ।’
चुकेनी जलविद्युत आयोजनाको कुल लागत कुल ४३ करोड रहेको छ । जसमा ३० करोड वैकल्पिक ऊर्जाको लगानी छ । भने, १३ करोड पालिका र स्थानीय जनताको लगानी छ । जनताले चुकेनीखोला सहकारी संस्थामार्फत् आफ्नो घर जग्गाको लालपुर्जा धरौटी राखेर ६ करोड बराबरको शेयर लगानी गरेका छन् । नागरिकले बैंकको ब्याज तिरिरहेका छन् । तर बत्ती बाल्न अझै पाएका छैनन् ।
विद्युत आयोजनामा चुकेनीखोला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेको छ । सहकारी संस्थाका २५ जनाको घर जग्गाको लालपुर्जा बैंकमा धरौटी राखिएको पातरासी गाउँपालिका वडा नम्बर एकका वडाध्यक्ष लालसिंह ऐडीले बताए ।
उनले भने,‘गाउँलेहरु ऋणमा ढुबिराखेको स्थिति छ । काम ढिलो हुन लाग्यो । बत्ती आज बल्छ बल्दैन् भोली बल्छ बल्दैन् । अहिले आएर अझै १० प्रतिशत काम बाँकी छ भन्ने सुनियो । चुकेनीको विद्युत आयोजना पनि दोस्रो मेलम्ची जस्तै हुने भयो ।’
आयोजनाको अनुगमन
आयोजनाको काम २ प्रतिशतमात्रै बाँकि भनेको महिनौ बित्दा पनि बत्ती नबलेपछि पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोरा नेतृत्वको टोलीले चुकेनी जलविद्युत आयोजनाको अनुगमन गरेको छ ।
बत्ती आउने प्रतीक्षा गरिरहेको बेला अझै १० प्रतिशत काम बाँकि रहनु ठेकेदारको चरम लापरबाहि रहेको अध्यक्ष पुर्णसिंह बोहोराले बताए । आयोजना अझै कछुवा गतिमा अघि बढीरहेको देखियो । यसरी कहिले जनताले बत्ती बाल्न पाउने ?
उनले भने,‘हामीले अब त छ महिनामा चुकेनी बल्छ, बिजुली अभाव हुँदैन भनिह्यौं । हाम्रो करोडौ लगानी छ । चुकेनीको बत्तीले सबै समस्या समधान हुने आश्वासन दियौ । राष्ट्यि प्रशारण लाईन भरपर्दाे नहुँदा आफ्नै उत्पादन भए सहज आशा थियो । तर आयोजनाको प्रगति निराशाजनक छ।’
काम निकै ढिला भईरहेको छ । हामीले जनशक्ति थप्नु भनेर ठेकेदारलाई बारम्बार ताकेता लगाइरहेका छौं । गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले आयोजना चाँडो सम्पन्न गराउन हर तरहको कोसिस गरिरहेको बताए ।
चुकेनी जलविद्युत आयोजना निर्माणको ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएको थियो । उसले स्थानीयस्तरमा मेगाहाइड्रो एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ । मेघाका प्रबन्धक चन्द्र भण्डारीकाअनुसार सुरुको दुई वर्ष कोभिडका कारण काम रोकिएपछि ढिला भएको हो । ठेकेदार कम्पन्नीकै कारण निर्माण ढिला भएको गुनासो आईरहेको बेला ठेकेदार भण्डारी चाडै बत्ती बाल्न पाईने दाबी गर्छन् ।
ठेकेदार चन्द्र भण्डारी भन्छन,‘फाईनल जडान गरेर परिक्षण गर्ने काम मात्रै बाँकी रहेको छ । त्यसका लागि भारतीय टोली आउन बाँकी छ । छिटो भन्दा छिटो बत्ती बाल्ने तयारी भईरहेको छ । भौतिक रुपमा सबै काम सम्पन्न भईसकेको छ ।
हाम्रो कारण भन्दा पनि मेसिनको काम बाँकी रहेको छ । जिपट कम्पन्नीको मेसिन हो । उक्त मेसिनकै प्राविधिक आउने बित्तिकै बत्ती बल्छ । ’आयोजनाबाट तीन हजार चार सय ५३ घर परिवार लाभान्वित हुने भने पनि नेसनल ग्रिडसँग जडान गर्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रले जनाएको छ ।
भुक्तानी पाउन बाँकी रहेकोले पनि काम अघि बढाउन सकिएको छैन् । कुल २७ करोडमा सम्झौता भएपनि अझै ५ करोडबढी भुक्तानी लिन बाँकी रहेको उनको भनाई छ ।
भिडियो पनि हेर्नुहोस्



