मुगुको सोरुमा फैलियो भाइरल रुघाखोकी, तीन जनाको मृत्यु

मुगुको सोरु गाउँपालिकामा तीन जनाको ज्वरोले मृत्यु भएको छ । मृत्यु हुनेमा एक साता यता मृत्यू हुर्नेमा सोरु गाँउपालिका – ६ पुरुमुरु गाँउका ७२ वर्षीय हरि बहादुर शाही, ७५ वर्षीया कृति छत्याल र २४ वर्षीया कुशुम ढोली रहेका छन ।
पुरुमुरु, जिमा , भिई, नार्थपु, सिप, ख्याल्च, वुम्च, लगाएतका दर्जन बढि गाउँ बस्तीका घरघरमा ज्वरो, रुघाखोकी, श्वासप्रश्वास, टाउको दुख्र्ने र नाक मुख सुख्या हुने जस्ता लक्ष्यण देखिएका बिरामीहरु रहेका छन । बिरामीहरुले सिटामोल समेत नपाउदा थप बिरामीहरुको संख्या बढदै गएको हो ।
विरामी सलबहादुर ढोलीका अनुसार घरमा रहेकी माहिली बुहारीलाई एक हप्ता पहिले देखि रुघाखोकी, ज्वरो आउर्ने, खाना खान मन नलाग्र्ने लक्ष्यण देएिए पछि पालिका केन्द्र नजिकै रहेको मेडिकलमा लगेर उपचार गरे । औषधी खाए पनि सञ्चो नभएपछि मुगु जिल्ला अस्पताल लिदै गर्दा बुहारीको बाटो मै मृत्यु भयो । अहिले मलाई र घरमा भाई बुहारीलाई पनि रुघाखोकीले थला पारेको छ । नजिकको स्थानीय सरकार र अन्य कुनै पनि निकायले सहयोग गरेका छैनन् ।


गाँउभरी बिरामी छन । स्थानिय सरकार वडा र पालिकाबाट कुनै पनि निकायबाट औषधी नहुदा निकै समस्या भएको छ । स्वास्थ्य सस्था बिरामी लिएर जाम भर्ने बिरामी बोक्र्ने मान्छेको पनि समस्या छ । स्वास्थ्य सस्था ३ घण्टा टाढा छ । एक जनालाई ७÷८ सय रुपैया गाडी भाडा पर्छ । वडाध्यक्ष, सदस्य, पालिका अध्यक्ष बनाएका छौं । अहिले कहाँ गएका छन् थाहाँ छैन । घरघरमा गाँउबस्तीमा बिरामी धेरै छन् । केही कर्मचारी हुने खानेले मेडीकलबाट औषधी किनेर उपचार गर्छन् । हामी आर्थिक अवस्था कमजोर भएका कता जाउ । स्वास्थ्य सस्था जाउ सामान्य सिटामोल पाइदैन । घरको जडिवुटीले सञ्चो हुदैन । हामीले मृत्यु कुर्नु वाहेक अर्को विकल्प छैन सोरु गाँउपालिका – ६ जिमा गाँउका कर्णजित बुमीले गुनासो गरे ।
सोरु गाँउपालिका विभिन्न बस्तीमा भाइरल ज्वरो खोकीका बिरामीहरु बढदै गएको र मृत्युसम्म भएको थाहा पाए पछि जिल्ला अस्पताल मुगुसंग सहकार्य गरेर मेडिकल डाक्टर र औषधि सहितको टोली खटाएको छ । बिरामीहरुको खकार र रगत चेक गरेपछि मात्र के कारण गाँउमा धेरै बिरामी भएको हुन कुन रोग हो भन्ने पत्ता लाग्ने छ । अहिलेको लक्ष्यण हेर्दा मौसम परिवतनसंगै सिर्जनल ईन्फुलुज भाईरल ज्वरो, जस्तो देखिएको सोरुगाँउपालिका स्वास्थ्य शाखा प्रमुख चरित्र धामीले बताए ।
जिल्ला स्वास्थ्य कार्यालय मुगुको डाक्टर सहितको टोलीले मंगलबार सोरु गाँउपालिका – ६ पुरुमुरु र जिमा गाँउका १ सय ५० जना भन्दा बढीलाई स्वास्थ्य परिक्षण गरी रुगा, खोकी ज्वरो, शरीर दुख्र्नेको औषधी बितरण गरिएको छ । कोभिड १९, मलेरीया, औलो लगाएतको समेत चेकजाँच गरिए पनि खासै अन्य कुनै पनि भाईरस देखिएको छैन । केही स्थानीय नागरिकहरुको स्वाप परिक्षणको लागि स्वाप सुर्खेत पठाउन थालेका छौँ । त्यसको रिपोेर्ट आएपछि मात्र कुन भाईरस हो भन्न सकिन्छ । विरामीका लक्षण हेर्दा मौसमी भाईरस हुन सक्र्ने जिल्ला अस्पताल मुगुका डाक्टर कमल ढुङ्गानाले बताए ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस