जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा सांसद विनिता कठायतले आफ्नो पार्टीले कर्णाली केन्द्रित शिक्षा र रोजगारको मिसन सुरु गर्ने बताएकी छन् । मुलुकका सातै प्रदेशबाट मिसन ०८४ मा रास्वपालाई बहुमत दिन जनता तयारी अबस्था रहेकाे उल्लेख गरेकी छन् ।
गृह जिल्ला जुम्ला आएकी सासद कठायतले भनिन,“पार्टीलाई मिसन ०८४ को लागि तयार रहन जनतालेनै हौसला दिएका छन् । मुलुककाे विकास र समृद्दिका लागि मिसन ०८४ मा रास्वपालाई बहुमत दिन पनि जनता तयार छन् । विस्तारै हाम्रो पक्षमा विकासको अपेक्षा सहित जनमत बढ्दै छ ।
अहिले पनि २१ सिट सहित संसदमा चौथो ठुलो दलका रुपमा प्रतिनिधित्व गरिहेका छौ । ०८४ पछि देशकै ठुलो शक्ति बन्ने गरी जनताले महसुश हुने गरि व्यवस्था सुधारकाे बाटाेमा छाै । मिसन ०८४ काे विकास मिसन कर्णाली केन्द्रित सूरु गर्न मेरो पहल रहने छ ।”
कर्णालीको मुख्य समस्या भनेकै बेरोजगारी अशिक्षा हो । अहिले कर्णालीको आधारभूत शिक्षाकै पहुँच न्युन छ । शिक्षा नभएकै कारण बालविवाह बहुविवाह भईरहेका छन् । किशोरी उच्च शिक्षाको पहुँच भन्दा टाढा छ । कर्णालीबाट कालापहाड जानेको संख्या उल्लेखीय छ ।
रोजगार सृजना र शिक्षाको स्तर बढाउन ठोस नीति र योजनाको आबश्यकता छ । कर्णालीमा कमजोर संगठन भएको रास्वपाले यहाँको समस्या मध्यनजर गर्दै शिक्षा र रोजगारलाई जोड दिदै नीति र योजना कस्ता बनाउने भन्ने खालका कर्णाली केन्द्रित मिसन सूरु गर्न आबश्यकता महशुस गरेको सांसद कठायतको भनाई छ । त्यसका लागि आफुले पहल गर्ने बताईन् ।
मुलुकका सातै प्रदेशमा मिसन ०८४मा बहुमत दिलाउन जनता राजी छन् । अझै जनताकाे पक्षमा काम गर्न सरकारमा भएपनि नभएपनि आबश्यक समन्वय,पहल तथा नीति निर्माणमा सहयाेग गर्ने उल्लेख गरिन्
संसदको चौथो ठुलो दल भएपनि सरकारमा नहुँदा जनताका धेरै अपेक्षाहरु पुरा गर्न नसकिएको उल्लेद गरिन् । जनताका अपेक्षानुसार काम गर्न आफ्नो पार्टी सरकारमा हुनु पर्दो रहेछ । हामीले अहिले खबरदारी संगै नीतिगत बसहमा मात्रै जोड दिएका छौ ।
उनले भनिन,“कर्णालीको शिक्षा, रोजगारको अबस्थामा सुधार नआई मुलुकको समृद्धी सम्भव छैन् । त्यो आबश्यकता रास्वपाले बुझेको छ । जनताले नै रास्वपा ठूलो दल भएको खण्डमा काम गर्न सक्ने भन्दै ०८४ मा ठूलो दल बनाउनु पर्छ भनेका हुन । त्यहिअनुसार जनमत जुट्दै छ । हामीले काम गरेरै देखाउँछौ । कर्णाली विशेष प्रथामिकतामा हुन्छ ।”
सांसद कठायले रास्वपा मिसन ०८४ भनेर मात्रै नलागी वर्तमानको शासन व्यवस्थाको विकृत स्वरुप बदल्नका लागि समेत लागेको बताइन् । विकास व्यक्तिले भन्दा पनि राम्रो पद्धती गर्ने भएको हुँदा पद्धती बसाल्न हामी लागि परेको उनको तर्क छ ।
देशका मुख्य मिडियाहरु रास्वपाको विरुद्धमा लाग्नुको कारण सभापति प्रति पत्रकारहरुका व्यक्तिगत कुन्ठा मुख्य कारण भएको दाबी गरिन् । आफ्नो लेभलको मान्छे शासन सम्हाल्ने तहमा पुग्दा ठुला पत्रकारलाई चित्त नबुझेको त्यसकै आबेगमा निरन्तर पछि लागि रहेको बताईन् ।
स्वास्वपा सभापति रवि लामिछानेलाई जनताले अत्यधिक रुचाएपछि पार्टीले मिसन ०८४ अभियान चलाउँदा नेपाली मुलधारका मिडियामाहरु पनि मिसन बनाएर रास्वपालाई सकाउनुपर्छ भनि लागिरहेको उल्लेख गरिन् ।
तथापी रास्वपा कर्णालीका दुर्गम हिमाली जिल्ला जुम्ला,हुम्ला,मुगु डोल्पा देखि तराईका विपन्न बस्तीका नागरिक राज्यको मुल प्रवाहमा आउने गरी नीति निर्माण तथा पैरबीका लागि काम गर्न लागि परेको उनको दाबी छ ।



