उत्पादन बढाउन जलवायुमैत्री कृषिमा जाेड

जुम्ला । समयमै हिउँ नपर्ने,खेतीपाती नसप्रिने र उत्पादन बृद्दि  नहुने समस्याले खेतीयोग्य जमिन बाँझिदै गएको छ । जलवायु परिवर्तनको असरकै कारण किसानले लगानीनुसारको उत्पादन लिन सकेका छैनन् । जलवायु परिवर्तनकाे असरले विगतकाे रैथाने वालीकाे उत्पादन पनि हुन छाेडेकाे छ ।

भने माटोको उर्वरा शक्ति पनि हराउदै गएको छ । एकातिर परम्परागत खेती प्रणालीकै निरन्तरता हुनु र अर्कोतिर बढी उत्पादन गर्ने लोभले रसायनिक मल प्रयोग गर्ने तथा जलवायु परिवर्तनले पछिल्लो समय कृषि उत्पादन घट्दो मात्रमा छ ।

तर पछिल्लो समय जुम्लाका किसान जलवायुमैत्री कृषिमा अग्रसर भएका छन् । जलवायु परिवर्तनको असरका कारण उत्पादन घट्न थालेपछि किसान जलवायुमैत्री कृषितर्फ अग्रसर भएका हुन् । हामीले परम्परागत खेती प्रणालीलाई जोड दिँदा उत्पादन बढेन् ।

तिला गाउँपालिका-६ का किसान डिल्ली रावत भन्छन,“समयानुकूल खेतपाती गर्न नजान्दा मेहनतनुसार उत्पादन लिन सकेनौ । सिप ज्ञानको अभावले हामी परिश्रम मात्रै गर्ने भएकोले समस्या भयो । तर जलवायुमैत्री कृषि प्रणालीबारे ज्ञान पाएपछि खेती गर्न सहज हुने भएको छ ।”

किर्डाक नेपालले जलवायुमैत्री कृषि प्रणालीबारे सिप ज्ञान दिएपछि खेतीपाती गर्न सहज भएको उनको भनाई छ । तिला-४ का किसान नर बहादुर रावत पनि विगत लामो समयदेखि मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका किसान हुन् । उनी जलवायु परिवर्नतका कारण पछिल्लो समय तरकारी उत्पादनमा गिरावट आएको बताँउछन् ।

तर किर्डाक नेपालले जलवायु अनुकूल कृषि प्रणालीको तालिम दिएपछि जलवायुमैत्री खेती गर्न आफू सहित अन्य किसानहरु हौसिएको उल्लेख गरे । नर बहादुर डिल्ली मात्र होईन जुम्लाका अधिकांश किसान जलवायुमैत्री कृषि प्रणालीमा अग्रसर भएका छन् । परम्परागत खेती प्रणालीलाई त्याग्दै,जलवायुमैत्री कृषिमा अग्रसर भएका हुन् ।

अगुवा कृर्षकलाई तालिम
जलवायुमैत्री कृषिका लागि जुम्लाका अगुवा कृर्षकलाई तालिम दिइएको छ । जलवायू परिवर्तनको असर संगै कृषि क्षेत्रमा परेकोअसरलाई मध्यनजर गर्दै जुम्लाका पातारासी,गुठिचौर,चन्दननाथ,तातोपानी र तिला गाउँपालिकाका २० जना अगुवा किसानलाई जलवायुमैत्री कृषि प्रणाली सम्बन्धी तालिम दिइएको किर्डाक नेपाल जुम्लाकी (एनआरएल) परियोजनाकी फिल्ड अधिृकत सरु महतले बताईन् ।

उनले भनिन,“नौ दिन सम्मका संचालन भएको आवासिय तालिममा किसानलाई जलवायुमैत्री कृषिका लागि विउभिजनदेखि,खेती प्रविधि तथा गोडमेल,मलजल कसरी गर्ने ? भन्नेबारे सिकाईएको छ । परियोजना लागु भएका सबै पालिकामा गरी १० वटा कृषि पाठशाला समेत स्थापना गर्ने तयारी भएको छ । भने किसानलाई जलवायुमैत्री कृषिमा आर्कषित गरी उत्पादन बढाउने किसानको आयस्तरमा बृद्धि गर्ने आशा गरिएको छ ।”

बालिलाई आबश्यकतानुसार सिँचाई गर्नुपर्ने,समयमा बिरुवा व्यवस्थापन गर्ने,विउ वाली छनोटमा ध्यान दिनुपर्ने,छनोट,गोडमेल,मलजल कसरी गर्ने लगायतका विषयमा ज्ञान पाएको किसान शान्ती बुढाले बताईन् । उनका अनुसार तालिमले जलवायुमैत्री खेतीमा अग्रसर हुन हौसला दिएको छ ।

किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक दिपराज रावतले जुम्लाको कृषि उत्पादनलाई बढाउन र किसानको आयस्तर बृद्धिका लागि अबको आबश्यकता जलवायुमैत्री कृषि भएको बताए । खेती प्रणालीलाई व्यवस्थित गर्न तालिम दिएका हौ । उनले भने,“तालिमनुसार व्यवहारमा लागु गर्ने,उत्पादन बृद्धि भई आयस्तर बढ्ने आशा छ । अझ किसानकै सहजताका लागि जलवायु मैत्री कृषि पाठशला स्थापना गर्ने तयारी गरेका छौ ।”

वल्ड भिजनको आर्थिक सहयोगमा किर्डाक नेपाल जुम्लाद्धारा संचालित एकिकृत पोषण तथा उत्थानशील जीविकोपार्जन (एनआएएल) परियोजना मार्फत जुम्लाका पाँच स्थानीयतहमा जलवायुमैत्री कृषि प्रणालीबारे काम गर्दै आएको छ ।

कणर्ाली समृद्धीको आधारनै कृषि क्षेत्र भनिएपनि उत्पादन बढाउन सरकारको कुनै ठोस नीति छैन् । जलवायुमैत्री कृषिको लागि नीति सहित लगानी बढाउन सरकारको ध्यान पुग्न जरुरी छ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस