जुम्ला : शिक्षकलाई एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्वन्धी तीन दिने तालिम दिएको छ । प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालिन समाबेशी सुरक्षित र गुणस्तरीय आधारभुत शिक्षा प्रवद्र्धन कार्यक्रम अन्र्तगत शिक्षा विकास तथा समन्वय इकाई र सामाजिक विकास कार्यालय जुम्लाको सहकार्यमा एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली तालिम दिएको हो ।
विद्यालयको हरेक सुचनालाई व्यवस्थित यो प्रणाली आर्थिक वर्ष २०७०÷०७१ देखि लागु गरिएको हो । तालिमका प्रशिक्षक तथा सिंजा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालका अनुसार विद्यालयका हरेक भौतिक संरचना, विद्यार्थी संख्या, सवै कुरा सूचना चुस्तदुरुस्त राख्नेको लागि सरकारले एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली लागु गरेको हो ।

परियोजना लागु भएको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका भित्रका सामुदायिक विद्यालयका लेखापाल, प्रधानाध्यापक र एकिकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा काम गर्ने शिक्षकलाई तालिममा सहभागिता रहेको पेस नेपाल जुम्लाले जनाएको छ । शनिबारदेखि सुरु भएको तालिम सोमबारसम्म सञ्चालन रहने जनाएको छ ।
यो प्रणाली हेर्ने मुख्यतय गाउँपालिका, शिक्षा समन्वय इकाई, सामाजिक विकास मन्त्रालय र शिक्षा तथा मानव स्रोत विकास केन्द्र हो । प्रशिक्षक धितालका अनुसार विद्यालय भित्रका सवै सुचना यसै प्रणालीमा अफडेट गर्ने र शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नियन्त्रण गर्न गर्दछ । विद्यालयका भौतिक पुर्वाधारदेखि विद्यालय सुधारका कार्यक्रम यसै सूचना प्रणालीको सूचना स्रोत अनुसार कार्यक्रम तय गर्ने गरिएको उनले बताए ।



