जुम्ला । जुम्लाबाट संघ र प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले जिल्लाकाे विकासका लागि सबै एकजुट हुने प्रतिबद्दता गरेका छन् । जिल्लाकाे दिगाे विकासका लागि एकआपसमा एकजुट भई अघि बढ्ने प्रतिशद्दता गरेका हुन् ।
जुम्लाबाट प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ राष्टि्य प्रजातन्त्र पार्टिबाट ज्ञान बहादर (ज्ञानेन्द्र) शाही,समानुपातिक तर्फमा नेपाली काँग्रेसबाट कान्तिका सेजुवाल,नेकपा माओबादी केन्द्रबाट छिरिङ लामा र राष्टि्य स्वतन्त्र पार्टिबाट बिनिता कठायत रहेका छन् ।
त्यस्तै प्रदेश सभा तर्फ निर्वाचन क्षेत्र (क) बाट देवेन्द्र बहादुर शाही र निर्वाचन क्षेत्र (ख) बाट टेकराज पछाई सांसद छन् । संघ र प्रदेशमा गरि जुम्लाका मात्रै छजना सांसद छन् । संख्यात्मक रुपमा धेरै सांसद पाएकाे जुम्लाले शासातित विकास र नीति भने हालसम्म पाएकाे छैन ।
भएका फाटफुट केही कामकाे जस लिन भने तछाड मछाड भईरहेकाे छ । सांसदहरु एक आपसमा नमिल्दा,जिल्लाकाे विकासका सवालमा एकजुट नहुँदा जुम्लाकै केही सांसदकाे तर्क वितर्क सतहमा पुगेकाे छ ।
सामाजिक सञ्जालमा तर्क विर्तक गर्ने,घाेचपेच गर्नेदेखि एकभएर लागाै भन्नुकाे सट्टा मेराे काममा हस्तक्षेप नगर्नु एक्लै बढ्न दिनु,मलाई भन्ने जस्ता सांसदकाे अभिव्यक्ति समेत आएका छन् । यसबाट सांसदकाे आपसमै टकराब छ भन्ने स्पष्ट हुन्छ ।
तर राजनीति विचार आस्थाभन्दा माथि उठेर जिल्लाकाे विकासमा एकजुट हुन जुम्लाबासी सुझाव छ ।
आपसमा नमिल्ने सांसदहरुले जिल्ला र जनताकाे हित हुने नीति के बनाउन सक्लान,विवादमै कार्यकाल सकाउँछन् भन्ने आलाेचना भईरहेकाे बेला जुम्लाका सांसदहरुले जिल्लाकाे विकासका लागि आफुहरु एकजुट भएर अघि बढ्ने प्रतिबद्दता जनाएका हुन् ।
शुक्रबार सांसद छिरिङ लामा बाहेकका अन्य पाँच जना ज्ञान बहादुर शाही,कान्तिका सेजुवाल,बिनिता कठायत,टेक राज पछाई र देवेन्द्र बहादुर शाहीले संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लाकाे विकासमा आफुहरु एकजुट रहेकाे उल्लेख गरेका छन् ।
यदपी माओबादीकि सांसद छिरिङ लामाङ यतिबेला भारत भम्रणमा छिन् । अन्य सबै सांसदलहरुले हामी एकजुट छाै भनेर सामाजिक संजाल पाेष्ट गरेका छन् ।
अन्य विषयमा प्राय स्टाटस पाेष्ट गरिरहने लामाले कुनै पाेष्ट गरेकी छैनन् । भने विज्ञप्तिमा हस्ताक्षर पनि छैन् । आफ्नाे काम आफैमात्र गर्छु भन्ने उनी पाँच जना सांसदकाे याे कदम प्रति सन्तुष्ट छन वा जानकारनै छैनन त्याे हेर्न बाँकी नै छ ।
तर कर्णाली मिसनले भारत भ्रमणमा रहेकी सांसद छिरिङ लामा संग याे विषयमा कुराकानी गरेकाे छ । कुराकानीमा सांसद लामाले संयुक्त विज्ञप्ती जारी गर्ने विषयमा आफुलाई कुनै जानकारी नभएकाे बताएकी छन् ।
याे सब भए छ मलाई कुनै जानकारी भएन् । उनले भनिन,’सार्वजानिक गरेका कामहरुमध्य धेरै काम भईसकेका छन् । केही हुँदै छन् । तर केही नयाँ काममा मेराे रहन्छ । तर भईरहेका परिणााम आउन बाँकि काम पनि उल्लेख गरेकाे विषयमा मेराे सर्मथन छैन ।’
आफ्नाे पहलमा एकवर्षदेखि अघि बढाएका परिणाम आउन लागेका याेजनाहरु समेत लिष्टमा समाबेश भएकाे प्रति उनले असन्तुष्ट व्यक्त गरिन् । तर कति पय सुरु हुन नसकेका कामकाे,समेत याेजनाकाे नाम लिष्टमा रहेकाेले त्यसलाई अघि बढाउन समर्थन रहने उल्लेख गरिन् ।
शुक्रबार जुम्लाका पाँच जना सांसदले जिल्लाकाे विकासमा एकबद्दता भई अघि बढ्ने भन्दै दिर्घकालिन विकासका लागि २१ वटा बहुवर्षिय आयाेजनाहरु समेत सार्वजानिक गरेका छन् ।
विज्ञप्तिमा भनिएकाे छ,’जुम्लाको दिगो विकास र जिल्ला बासिको राय सुझावकाे मनन गर्दै सम्बन्धित निकायहरुसँगको सहकार्य गर्दै जिल्लाको हित हुने गरी जिल्ला भित्रका अति आवश्यक ठानिएका निम्न बहुवर्षीय दिगो आयोजनालाई सार्थकता र पूर्णता दिन हामी जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेशका माननीय ज्यू हरु एकबद्धता भई जिल्ला लाई समृद्ध बनाउनका लागि दीर्घकालीन लक्ष्यका साथ अघि बढेका छौं ।’
यी हुन पाँचजना सांसदले विज्ञप्तीमा हस्ताक्षर गरि सार्वजानिक गरेका २१ बहुवर्षिय आयाेजना
१. जुम्ला जिल्लालाई पूर्ण रुपले विद्युतीकरण गर्ने
२. जुम्ला जिल्लालाई पूर्ण रुपले सञ्चार सुविधाको पहँचमा जोड्ने साथै सम्पूर्ण टावरमा विद्युतीकरण गर्ने
३. जुम्ला विमानस्थलको जग्गा अधिकरण साथै स्तर उन्नति गर्ने
४. क्षेत्र नं. २ मा जिल्ला अस्पताल निर्माण गर्ने
५.हिमा खोला जलविद्युत आयोजना निर्माण गर्ने (घोडामौला)
६. नाग्म गमगढी सडक खण्ड स्तरोन्नती साथै कालोपत्रे
७. जुम्ला एयरपोर्ट- दानसांघु-गुठीचौर-मनी सांघु-चौत्रा (जुम्ला- मनाङ मुस्ताङ) सडक खण्ड स्तरोन्नती साथै कालोपत्रे गर्ने
८. जुम्ला ठिन्के-उर्थु-लासि-तल्फी-पेरे सडक खण्ड सतरोन्नती साथै कालोपत्रे गर्ने
९. स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको बृद्दि विकास
१० हाई अल्टिच्युट टेर्निङ सेन्टर,पातारासी जुम्ला
११ विदेशमा अलपत्र परेकाको उद्धार, स्वास्थ्य विमा साथै विपन्नलाई राहत
१२ रारालीही/जिमले वृहत खानेपानी आयोजना निर्माण (रारालिही)/(पातरासि-२ तल्फी) १३ माहावु लेक- डिल्लीकोट-भातडी- रतौडा सडक निर्माण गर्ने
१४ जडिबुटी अनुसन्धान तथा प्रशोधन कार्यक्रम
१५ साविकको कर्णाली विकास परियोजना
१६ खस सभ्यता
१७ सुर्खेत-जुम्ला हुँदै नाक्चेनाग्ला सम्मको सडक राष्ट्रिय गौरवको आयोजनामा नामाकरण गर्ने
१८ जिल्लालाई पर्यटन केन्द्रको रुपमा स्थापना गर्ने
१९ टोप्ला-इमिल्चा-जाजरकोट जुम्ला सडक स्तरोन्नती गर्ने
२० शिक्षा र स्वास्थ्यको उचित व्यवस्थापन गर्ने
२१ जिल्लामा पुनर्स्थापना केन्द्र निर्माण गर्ने ।


यी उल्लेखित आयाेजनाहरु निर्माण हुन्छन् हुदैन समिक्षाकाे विषय हाे । तर २१ बुदाँ भित्र नीति निर्माणकाे पाटाे कतै समेटिएकाे छैन् । विधायक ( कानुन निर्माता) काे मुख्य जिम्मेवारी पाएका सांसदहरु विकास केन्द्रित छन् ।
सांसदहरु बाटाे बनाउनध्यान दिने समयमै बाटाे बन्ने नीति बनाउन तर्फ ध्यान दिने भन्ने प्रश्न खडा भएकाे छ । नीति बनाउने जिम्मेवारी हाे भन्ने भुलेका सांसदहरुलाई विकास भन्दा नीति निर्माण तर्फबढि केन्द्रित हुनुपर्छ ।



