जुम्ला । मंसिर २३ गते चन्दननाथ नगरपालिकाको कार्यपालिकाले निर्णय गरेर हटाइएका कर्मचारीले पुन: काममा फर्काउन अल्टिमेटम दिएका छन्। यदपी तत्काल काममा फिर्ता नगरे तालाबन्दी गर्ने चेेेतावनी दिएका छन् ।
उनीहरुले चौथो तहका अनमी अहेवको विज्ञापन गरी लिखित मौखिक परीक्षा संचालन गरी मिति २०७७ माघ १ गतेबाट करार सम्झौता गरी कामकाज गर्दै आरहेकोमा हटाइएको प्रति गुनासो पोखेका छन्।
आईतबार चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समक्ष ज्ञापन बुझाउदै चालू आवकाे असार सम्म तलब भत्ताकाे बजेट समेत विनियाेजन भईसकेकाेले नियमित काममा फिर्ता गर्न माग गरेका हुन् ।
असार मसान्तसम्मका लागि बजेट विनियोजन गरिए पनि बीचैमा फाल्न खोजिएको भन्दै आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन्।
ध्यानकर्षण पत्रमा भनिएकाे छ,’ मंसिर २३ काे कार्यपालिका बैठकले करार सेवामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णय गरेको छ । बजेट छुट्याएर बीचमै किन हटाउने निर्णय भयाे । १२ जनालाई मात्र किन हटाउने ? नगरपालिकामा कार्यरत ५७ जना कर्मचारीलाईनै फाल्नु पर्छ । १० जना स्वास्थ्यकर्मी र अन्य दुईजना गरी जम्मा १२ जनालाई हटाइएको प्रति ध्यानाकर्षण गराइएको छ ।’
उनीहरुले बारम्बार ध्यानाकर्षण गराउँदा समेत अटेर गरेकोले आवश्यक छलफल गरी पुनः सेवामा प्रवेश गराउन हुन साथै अन्यथा भएमा भोलीदेखि नगरपालिकाको कार्यालयलाई तालाबन्दी गर्ने बताएका छन्।
ध्यानकर्षण बुझ्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्याैपानले विज्ञप्तीलाई नगर प्रमुख समक्ष प्रस्तुत गर्ने बताए ।




