प्रेस चाैतारीकाे स्थापना दिवस: जुम्ला कारागारका कैदीबन्दीलाई पुस्तक हस्तान्तरण

जुम्ला । प्रेस चाैतारी नेपालकाे २६ ओैँ स्थापना दिवसकाे अबसरमा कैदीबन्दी पुस्तक हस्तान्तरण गरिएकाे छ । जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई पठन संस्कृतिकाे विकास र ज्ञान प्राप्तिका लागि राहत हाेस भन्ने उदेश्यले पुस्तक हस्तान्तरण गरिएकाे हाे ।

विभिन्न लेखकद्दारा लेखिएका पुस्तकले विभिन्न मुद्दामा सजाय भाेगीरहेका कैदीलाई उत्प्रेरणा मिल्ने र कैद जीवनपछि समाजमा पुर्नस्थापित हुन समेत उर्जा मिल्ने अपेक्षा सहित पुस्तक हस्तान्तरण गरिएकाे प्रेस चाैतारी जुम्लाका अध्यक्ष मानदत्त रावलले बताए ।

दिवसका  अबसरमा विभिन्न लेखकद्दारा लेखिएका ३९ प्ररकारका ६६ थान पुस्तक हस्तान्तरण गरिएकाे छ ।  पुस्तकले पठन सिपकाे विकास र ज्ञान आर्जन हुने आशा छ ।

उनले भने,’स्थापना दिवसका अबसरमा देशभर विभिन्न कार्यक्रम भईरहेका छन् । हामीले जुम्ला कारागारका कैदीकन्दीलाई पुस्तक दिने निर्णय गर्याै । एकातिर विभिन्न लेखकद्दारा लेखिएका पुस्तकबाट ज्ञान प्राप्त हुने र अर्काेतिर सरकारकाे ‘कारागारमा पुस्तक अभियान’मा पनि सघाउ पुग्ने हाम्राे अपेक्षा हाे ।’

समाज,साहित्य,देशकाे राजनीतिक परिवेश,उधमशीलता,सकरात्मक साेचकाे विकास हुने खालका किताबहरु संकलित गरी हस्तान्तरण गरिएकाे छ ।


पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले स्थापना दिवसकाे शुभकामना दिदैँ प्रेस चाैतारी जुम्लाले पुस्तक हस्तान्तर मात्र नभई ज्ञान बाड्ने  कार्यक्रम गरेकाेमा प्रशंसा गरे । अन्यसंगठनहरुले यस्तै रचनात्मक काम गर्नु पर्नेमा जाेड दिए ।
हाल कारागारमा १०६ पुरुष र ४ जना महिला गरि कुल ११० जना कैदीबन्दी रहेका छन् ।

कैदीबन्दीलाई पुस्तक हस्तान्तरण कार्यक्रममा सहभागी ,पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पुर्ण प्रसाद चाैलागाइ,प्रेस सेन्टरका अध्यक्ष विजय रावत,प्रेस यूनियनका अध्यक्ष प्रकाश उपाध्याय लगायतका पत्रकारहरुकाे स्थापना दिवसकाे शुभकामना व्यक्त गरेका थिए  ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस