भू-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला नमुना घाेषित

जुम्ला । भू-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला नमुना कार्यालयका रुपमा घाेषित भएकाे छ । प्रदेश सरकारकाे माघ १० गते बसेकाे मन्त्री परिषदकाे बैठकले सर्वाेउत्कृष्ट तथा नमुना कार्यालय घाेषणा गर्ने निर्णय गरेकाे थियाे ।

साेही निर्णय अन्तर्गत कर्णाली प्रदेशका ११ वटा कार्यालयहरु नमुना घाेषितभएसंगै जुम्लाकाे भू-तथा जलाधार व्यवस्थापन कार्यालय मात्र नमुना कार्यालयका रुपमा घाेषित भएकाे हाे ।

प्रदेश सरकार मातहत जुम्लामा पूर्वाधार विकास कार्यालय,डिभिवन वन कार्यालय,सामाजिक विकास कार्यालय,जनस्वास्थ्य कार्यालय,पशु सेवा कार्यालय,प्रदेश काेलेनिका,उधाेग तथा उपभाेक्ता हित संरक्षण कार्यालय,प्रदेश सडक कार्यालय र भू-तथा जलाधार व्यवस्थापन कार्यालय रहेका छन् ।

यी कार्यालयहरु मध्यबाट विकास,निर्माण,बजेट खर्च,सेवा प्रवाह,लगायतका विभिन्न कामकाे मुल्यांकन गर्दै भू-तथा जलाधार व्यवस्थापन कार्यालय मात्रै नमुना घाेषित भएकाे हाे । प्रदेश अन्तर्गतका विकासे कार्यालयकाे प्रगति सन्ताेषजनक छैैन् ।

भू-तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख हिमालय साउदले नमुना कार्यालय घाेषित हुनुले सेवा प्रवाह तथा कार्यालयकाे कार्यसम्पादनमा थप जिम्मेवारी थपिएकाे बताए । भाैगाेलिक कठिनाई,माैसम प्रतिकुलता,बजेट अभाव लगायतका कारणले काम गर्न मुस्किल रहेकाे उनकाे भनाई छ ।

सर्वाेत्कृष्ट नमुना कार्यालयमा पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेको छ । उता स्वास्थ्य कार्यालय डोल्पा स्वास्थ्य सेवामा नमुना घाेषित भएकाे हाे र भने,सहित कर्णालीका ११ नमुना कार्यालय घोषित गरेको हो ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख डा. रत्नवीर सुनार भन्छन्, ‘डोल्पा देशकै विकट र भौगोलिक रुपमा अप्ठ्यारो जिल्ला हो । यो जिल्लामा ३ वटा पालिकामा मात्र यातायात सुचारु छ । त्यसैले सबै ठाउँमा सहज स्वास्थ्य सेवा दिन एकदम चुनौती छ । चुनाैतीकाबीच सेवा दिईरहेका थियाै । प्रदेशले हाम्राे कामकाे प्राेत्साहन गरेकाेमा खुसी छाै ।’

सेवा प्रवाह तथा विकास निर्माणका हिसाबले भू-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्ला सहित अन्य १० प्रदेश सरकार मातहतका कार्यालयहरु नमुना घाेषित भएका हुन ।
जसमा पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिम, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेत, डिभिजन वन कार्यालय कालिकोट र पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगु रहेका छन् ।

यस्तै, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोट, प्रदेश लेखा इकाई दैलेख, स्वास्थ्य सेवा कार्यालय सल्यान र डिभिजन वन कार्यालय हुम्ला,  प्रदेश लोकसेवा आयोग नमुना कार्यालयमा परेका छन् ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस