जुम्ला । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्यि कर्मचारी संगठन जिल्ला कार्यसमिति जुम्लाले चन्दननाथ नगरपालिकाले हटाएका करार कर्मचारीलाई तत्काल काममा फर्काउन माग गरेको छ । सोमबार एक विज्ञप्ती जारी गर्दै मंसिर २३ को कार्यपालिका बैठकको निर्णयबाट हटाइएका करार कर्मचारीलाई काममा फर्काउन आग्रह गरेको संगठनका सचिव उत्तम देवकोटाले बताए ।
चन्दननाथ नगरपालिका कार्यपालिका जुम्लाको निर्णय अनुसार माग २० गतेका दिन करारका १२ जना कर्मचारी हटाईएको सन्दर्भमा यस नेपाल राष्ट्रिय कर्मचारी संगठन को गम्भिर ध्यानकर्षण भएको छ विज्ञप्तीमा उल्लेख छ ।
विभिन्न चरणमा लिएका लिखित परिक्षामा समावेश भई प्रक्रिया अनुसार करारमा नियुक्त भएका केहि कर्मचारीहरु मात्र हटाउनुमा नगरपालिकाको कुचेष्टा र बदनियत भएको नेपाल राष्ट्रिय कर्मचारी संगठनको दाबी छ ।
संगठनले कानुन बमोजिम करारमा भर्ना गर्न मिल्ने पद (मालि, स्विपर, ड्राईभर, का.स तथा स्विकृत दरवन्दिमा आवश्यक प्राविधिक)मा मात्र करारमा सेवा लिन सकिने व्यवस्था हुँदाहुँदै नगरपालिकाका जनप्रतिनिधिले आफ्नो राजनैतिक अभिष्ठ पुरा गर्न अनावश्यक भर्ना गरेको विद्यमान अवस्थामा सबै दरवन्दी लोकसेवा आयोग द्वारा पदपुर्ति गर्ने व्यवस्था कायम गर्न र तत्काल हटाइएका कर्मचारीलाई काममा फर्काउन भन्दै माग गरेको छ ।



