जुम्ला : जुम्लामा राष्ट्यि प्रशारण लाइन अवरुद्ध भएको छ । कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अन्र्तगत टारी गल्छी भन्ने ठाउँमा सडक निर्माण कम्पनी पोल ढालेपछि जुम्लासहित मुगु जिल्लाको प्रशारण लाइन विजुली अवरुद्ध भएको हो ।
सडक निर्माण कम्पनीहरुले जथाभावी डोजर चलाउदा ढुंगा खसेर पोल ढल्ने, तार चुडिने भएपछि पटक पटक जुम्लामा विजुली अवरुद्ध हुने गरेको छ ।
राष्ट्रिय विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख रामआशिष शाहले ढलेको पोल मर्मत गर्नका लागि कालिकोट वितरण केन्द्रबाट कर्मचारीको टोली खटाएको साँझसम्म विद्युत आपूर्ति हुने बताए ।
प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार



