जुम्ला । तातोपानी गाउँपालिका वडा नं ४ मा सञ्चालित जाल्पादेवी जलविद्युत आयोजनाको बत्तीले दुई दर्जन गाउँ लोडसेडिङमुक्त भएका छन् । १६ करोड लगानीमा उत्पादन भएको दुई सय ३० किलोवाट क्षामताको जाल्पादेवीको बत्ती २४ सैं घण्टा सुचारु भएसंगै तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिका दुई दर्जन गाउँ लोडसेडिङमुक्त भएका हुन् ।
केहिसमय अघिदेखी तयारी गरीरहेको विद्युत आयोजनाले माघ २७ गतेदेखि तातोपानी गाउँपालिका वडा नं.२,३,४,५ र ६ र चन्दननाथ नगरपालिका वडा नं. ९ का गरी दुई दर्जन गाउँपालिका २४ सैं घण्टा बत्ती सुचारु गरिएको जाल्पादेवी विद्युत आयोजनाका व्यवस्थापक जय प्रसाद गौतमले बताए ।
उनका अनुसार तातोपानी वडा नंंं. २ का– जर्मी,गोप्थाडा,सुन्दरगाउँ,डाँगीबाडा,बाबिरा,वडा नंं. ३ को लिताकोट,वडा नं. ४ का–गौमबाडा,हाँकु,नियापानी,गिडिखोला,पत्थेनी,वडा नं.५ का–लाम्रा,श्रीनगर,एैरेनी,वडा नं.६ हियाखोला,धौलापानी,खंकबाडा,रावतबाडा गाउँमा शनिवारदेवी २४ सै घण्टा बलेको हो । त्यस्तै चन्दननाथ नगरपालिका वडा नं. ९ का उम्खला,उम्गाड,श्रीढुस्का,तलिउम लगायतका गाउँगरी दुई दर्जन गाउँ अध्यारोमुक्त भएका छन् । २४ सै घण्टा बत्ती सुचाई भईरहेकोले कोहि कसैले विना जाकारी पोल चड्ने तार हरु चलाउने जस्ता कार्य नगर्न समेत विद्युत आयोजनाले अनुरोध गरेको छ ।
हरेक दिन विहान ८ देखि १० बजे सम्म २ घण्टा मात्रै बत्ती नआउने समेत सूचना जारी गरिएको छ । निरन्तर चलेर ट्रवाईन लगायतका मेसिनलाई रेष्ट दिन २ घण्टा बत्ती फालिने छ । जनशक्ति व्यवस्थापनसंगै दुई दर्जन गाउँलाई लोडसेडिमुक्त गर्न सफल भएको जाल्पादेवी जलविद्युत आयोजनाका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले बताए । उनले भने,‘जनशक्ति नभएकै कारण हामी रोकिएका थियौ । हाम्रो डिजाईन २ सयकिलोवाटको भएपनि ३० किलोवाट बढीनै विद्युत उत्पादन छ । उपभोक्ताको मागलाई मध्यनजर गरी बत्ती २४ सैँ घण्टा सुचारु गरेका छौ । यसको व्यवस्थापन अझै चुनौतीपुर्ण छ ।’
काली प्रसाद उपाध्याय र भिम प्रसाद पाण्डे लाई अप्रटरका रुपमा विद्युत गृहमा खटाइएको छ । विगतमा साँझ ६ बजेदेखि विहान ७ बजे मात्रै बत्ती आउन्थ्यो । दुईदिन यता २४ सैं घण्टा बत्ती आएपछि काम गर्न सजिलो भएको स्थानीय बताउँछन् । राष्ट्यि बत्ती भरपर्दो नहुँदा स्थानीय उत्पादन बत्तीको प्रयोगकर्ता बढ्दै गएका छन् ।
बत्ती अभावले साना उद्योग तथा व्यवसायहरु मर्कामा थिए । सिकाई कटाई गर्ने मेसिन तथा कपडामा लगाउने ईलोक्टोनिक प्रेस समेत थन्कीएका थिए । नियमित बत्ती आएसंगै होटल व्यवसायी,साना उद्योगी,फर्निचर उद्योग तथा उपभोक्तालाई राहत भएको छ ।
जाल्पादेवीको बत्तीको लाईन अहिले १३ सयभन्दा बढी घरधुरीमा विस्तार गरिएको छ । तातोपानीका १८ सय बढी घरधुरी यस आयोजनाले लाभान्वित हुनेछन् । यद्यपि आवश्यकतानुसार बत्ती बजारलाई समेत बिक्री गरिने छ । हालै नेपाल विद्युत प्राधिकरणसंगको समन्वयमा जाल्पादेवीको बत्ती चन्दननाथ नगरपालिका वडा नंं ९ गाउँलाई समेत उपलब्ध गराइएको छ ।
नयाँ मेसिन ल्याउने तयारी भईरहेको र मेसिन आईसकेपछि तातोपानीका सबै वडा सहित बजार क्षेत्रलाई समेत बत्ती दिन सकिने आयोजनाले जनाएको छ । २४सैं घण्टा बत्ती आएपछि सिलाई कटाई, फर्निचरको काम गर्न ईलोक्ट्रोनिक व्यवसायलाई राहत मिलेको स्थानीय सन्त बुढाले बताए ।
लामो समयदेखि फर्निचर उद्योग चलाईरहेका उनी भन्छन,‘ईन्धन महंगो पर्ने हुँदा फर्निचर उद्योग चलाउनै मुस्किल थियो । भने स्थानीयहरु पनि महंगो रकम तिर्न बाध्य थिए । रातीमात्रै आउने बत्तीले कुन्र सुविस्ता थिएन् । अब २४ संै घण्टा आएपछि नियमित फर्निचर उद्योग नियमित सुचारु हुने छ । स्थानीयले राहत पाउने आशा छ ।’
झण्डै १६ करोडको विद्युत आयोजनामा तत्कालीन सिँचाइ डिभिजन कार्यालयले चार करोड ५६ लाख, एडिबीको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट पाँच करोड ७० लाख अनुदान,तातोपानी–१ देखि ६ नम्बर वडाका स्थानीयले एक करोड ५० लाख बराबरको सेयर रकम जम्मा गरेका छन् ।
पातारासी गाउँपालिका वडा नंं १ गडिगाउँमा निर्माणधि ४३ करोड चुकेनी जलविद्युत आयोजना १८ महिनामै सकिनु पर्ने सम्झौता भएपनि चार वर्ष बितिसक्दा पनि अझै १० प्रतिशत काम बाँकी रहेको छ ।



