लुम्विनी बौद्ध विश्वविद्यालय सभा सदस्य पुष्पा लामा सम्मानित

जुम्ला – मुलधार महिला सेवा केन्द्रले लुम्विनी बौद्ध विश्वविद्यालय सभाकी सदस्य पुष्पा लामा तामाङलाई सम्मान गरेकाे छ । कर्णाली प्रदेश राजधानी सुर्खेतमा आयाेजित एक कार्यक्रममा मुख्यमन्त्री राजकुमार शर्माले तामाङलाई सम्मान गरेका हुन् ।
बिगत २५ बर्षदेखि  शिक्षा क्षेत्रमा सेवा गर्दै संस्थागत र व्यक्तिगत रूपमा सामाजिक न्याय, समानता, समावेशीकरणका मुद्दामा याेगदान गर्दै आएकी तामाङलाई सम्मान गरिएकाे आयाेजक संस्थाले जनाएकाे छ ।
बाैद्ध धर्म मात्र नभई बाैद्ध दर्शनलाई पनि अध्ययन, प्रचारप्रसार गरि मानव जीवन निर्वाहलाई सहजरूपमा लिई आत्मा शान्ति र विश्व शान्ति काे पथमा लाग्नु पर्छ भन्ने मान्यता राख्ने तामाङलाई नेपाल सरकारले लुम्बिनी बाैद्ध बिश्वबिद्धालयकाे सभा सदस्यमा नियुक्त गरिएकाे छ ।
आशनमा महिला, शासनमा महिला र भाषणमा महिला भन्ने मुल नारा बाेकेकाे मुलधार महिला सेवा केन्द्रले दिगो बिकाश लक्ष्य पूरा गर्ने प्रतिबद्धता, सबै निर्णायक तहमा महिलाहरूको अर्थपूर्ण सहभागीता भन्ने नारासहितको ऐतिहासिक छैटौं राष्ट्रिय बेटि बचाउ सम्मेलनकाे अबसरमा सदस्य तामाङ चेलीबेटी सशक्तीकरण सम्मान २०८० ले सम्मानित हुनु भएको अध्यक्ष नजबुल खांनले बताए ।

प्रकाशित मिति : २०८० माघ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस