विश्व रेडियो दिवसः जुम्लामा पत्रकार र कर्मचारीबीच मैत्रीपुर्ण फुटबल सम्पन्न

जुम्ला । १३ औँ विश्व रेडियो दिवसका अबसरमा आयोजित पत्रकार र कर्मचारीबीचको मैत्रीपुर्ण फुटबल सम्पन्न भएको छ । जुम्लाका सामुदायिक रेडियोहरु द्धारा आयोजित मैत्रीपुर्ण फुटबल मंगलबार सम्पन्न भएको हो ।

पत्रकार र कर्मचारी बीच दुई वटा मैत्रीपुर्ण खेल भएको थियो । सोमबार पातारासी गाउँपालिकाका कर्मचारी संग भएको मैत्रीपुर्ण फुटबलमा पत्रकारले जित निकालेका थिएका । निर्धारित समयमा दुई दुई गोल भएपछि पेनाल्टी सुट आउटमा चारका विरुद्ध पाँच गोल गर्दै पत्रकारको टिमले पातारासीको कर्मचारी टिमसंग जितेको थियो ।

मंगलबार भएको तातोपानीका कर्मचारी संगको खेलमा भने पत्रकार टिमले हार व्यवहारेका छन् । निर्धारित समयमा तीन तीन गोल भएपछि थपिएको समयमा तातोपानीका कर्मचारी टिमले थप दुई गोल गर्दै जितेका हुन् ।

मंगलबार भएको खेलमा तातोपानी गाउँपालिकाका ओम बहादुर चन्दले दुई गोल गरे भने अंगत सेजुवाल, धिरज खत्री र चक्र लामाले एक एक गोल गरे । त्यस्तै पत्रकारको टिमबाट प्रकाश सुनारले दुई गोल गरे भने सुमन खत्रीले एक गोल गरे । खेलको आयोजना जुम्लाका रेडियोहरु रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडियो खेला आकाश र रेडियो नारी आवाजले गरेका हुन् ।

खेलका माध्यमबाट कर्मचारी र पत्रकारको सम्बन्ध थप प्रगाढ बनाउन मैत्रीपुर्ण खेलको आयोजना गरिएको आयोजकले जनाएको छ । विश्व रेडियो दिवसका अबसरमा अन्य सांस्कृति कार्यक्रमहरु सञ्चालन भईरहेका छन् । बुधबार सम्पन्न हुने भएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस