ताताेपानीकाे अर्धवार्षिक सार्वजानिक सुनुवाई:३२ प्रतिशत बजेट खर्च,९ याेजनाकाे भुक्तानी

जुम्ला । ताताेपानी गाउँपालिका जुम्लाकाे अर्धवार्षिक सार्वजानिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । चालू आर्थिक वर्ष २०८०/८१ काे अर्धवार्षिक सार्वजानिक सुनुवाई सम्पन्न भएकाे हाे ।

सार्वजानिक सुनुवाईका अबसरमा ताताेपानी गाउँपालिकाका याेजना अधिकृत ओम बहादुर चन्दले पालिकाकाे अर्धवार्षिक भाैतिक तथा वित्तिय प्रगति विवरण प्रस्तुत गरे । समानीरकण बजेट अन्तर्गतका कुल ७६ वटा याेजना मध्य ९  वटा याेजना निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भईसकेकाे याेजना अधिकृत चन्दले जानकारी दिए ।

ठेक्का पट्टाका कुल ७ वटा याेजनामध्य ४ वटा सम्झाैता भई कार्यान्वयन चरणमा रहेका छन् । भने २ वटा ठेक्काकाे आसय पत्र निकालिएकाे छ । गाेठिचाैर छायाकुना ट्रेल ब्रिजकाे पुन ठेक्का आह्वान भएकाे छ ।

वित्तिय प्रगती अन्तर्गत अर्बवार्षिक खर्च कुल बजेटकाे ३२.१३ प्रतिशत खर्च भएकाे छ । कुल बजेट ५५ कराेड ६० लाख २५ हजार मध्य १७ कराेड ८६ लाख ८८ हजार ४७९ रुपैया खर्च भएकाे छ ।

पुँजीगत तर्फ कुल १८ कराेड १९ लाख ५६ हजार मध्य २ कराेड ९७ लाख ५० ३५६ अर्थात १६.३५ प्रतिशत खर्च भएकाे छ । चालू तर्फ ३७ कराेड ४० लाख ६९ हजार मध्य १४ कराेड ८९ लाख १८ हजार १२३ रुपैया अर्थात ३९.८१ खर्च प्रगती विवरणमा उल्लेख छ ।

चालू आवमा ८ वटा नीति निर्माण गरिएकाे छ । भने श्रमदान अभियान अन्तरर्गत ६ वटा याेजना निर्माण सम्पन्न भएका छन् ।
सार्वजनिक सुनुवाईमा कसले के बाेले ?

ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाँईले पालिकाकाे विकास निर्माण तथा सेवा प्रवाहका सवालमा उठेका सबै जिज्ञासहरुकाे संबाेधन गर्ने बताए ।

ताताेपानीमा माघ २५ गतेबाटै विधालय सञ्चालन गर्ने पूर्व निर्णय बमाेजिम शिक्षा समितिले अनुगमन गरिरहेकाे उल्लेख गरे ।

उनले भने,’ताताेपानी सेवा सुशासन तथा पूर्वाधार विकासमा जाेड दिदै आएकाे छ । हामीले असारे विकासकाे अन्त्य गर्न बैशाखमै याेजना निर्माण र अन्तिम भुक्तानी दिने याेजना छ । साेहिनुसार नियमित काम चुस्त बनाउन लागि परेका छाै ।’

एक सयबढी करार कर्मचारी रहेकाे काम नगर्ने,नियमित कार्यालय नआउने कर्मचारीलाई कारबाहि गरिने उल्लेख गरे । स्वास्थ्य,शिक्षा,कृषि,पर्यटन सबै क्षेत्रकाे पूर्वाधार विकास र सेवा प्रवाहलाई चुस्त बनाउन सिंहाे गाउँपालिका केन्द्रित रहेकाे उनकाे भनाई छ ।

निवर्तमान गाउँपालिका अध्यक्ष नवराज न्याैपानले ताताेपानीले गरेका उत्कृष्ट कामकाे प्रशंसा गरे । साथै पुराना जनप्रतिनिधिले गरेका कामकाे कुनै अभिलेख पालिकामा नराखेकाे प्रति ध्यानकर्षण गराए । हिमाली क्षेत्रका लागि आर्थिक वर्ष प्रतिकुलका बाबजुत पनि काम गर्न सक्नु पूर्व अध्यक्ष नवराज न्यौपानेकाे भनाई छ ।

‘हामीले सुरु गरेका विगतका योजनाहरु समेत निरन्तरता दिनु साह्रै सकारात्मक कुरा हो, ‘धेरै योजनाहरु गतिशील तरिकारले चल्नु राम्रो पक्ष हो।’

गाउँपालिका उपाध्यक्ष रेवती रावलले महिला शसक्तिकरण,उधमशीलता विकास तथा छिटाे छरिताे सेवा प्रवाहमा पालिकाले प्रथामिकता दिदै आएकाे उल्लेख गरिन् ।

सार्वजनिक सुनुवाइमा उठेका प्रश्नहरुले पालिकालाई जिम्मेवार बनाएको उपाध्यक्ष रावलले उल्लेख गरिन्  ‘आगामी दिनमा जनताले बाटो र मन्दिरका योजनाहरु माग्न बन्द गर्नुपर्छ,’ उनले भनिन्, ‘सामाजिक गतिविधि र सामाजिक स्तर बढ्ने गरि गर्नुपर्छ।’

उनका अनुसार जनताका सबै अपेक्षाहरु जनप्रतिनिधिले पुरा गर्न नसकेको साँचो हो। तर पालिकाले दिएका राम्रा योजनाहरु जनताले सन्तोषजनक रुपमा पूरा नगर्नु दु:खको कुरा हो।
प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले सेवा प्रवाहलाई चुस्त राख्न तथा शुसासन पारर्दशिता कायमका लागि नागरिककाे गुनासाे सुन्न सार्वजानिक सुनुवाई कार्यक्रम गरिएकाे बताए ।

जनताका सबै सुविधा दिन नसके पनि उहाँहरुको मतको कदर गर्ने गरिरहेकाे र स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार हामीले ऐन नियमको परिधिभित्र काम भइरहेको तातोपानी गाउँपालिका -५ का अध्य छिरिङ मतले बताए ।

‘शिक्षा र स्वास्थ्य क्षेत्रमा तमाम सुधार गर्नुपर्ने भएपनि सकिएको छैन। सेवा प्रवाह हामीले सकेको जति गरिरहेका छौं,’ उनले भने, ‘हामीलाई तपाईंहरुले जितेर पठाउजुभएको हो। कमजोरी भयो भने कँठालो समाउनुस्।’

कार्यक्रममा सहभागी स्थानीय विरेन्द्र बहादुर शाहीले वडा कार्यालय व्यवस्थापनदेखि जनप्रतिनिधिकाे कार्यसम्पादन सन्ताेषजनक नभएकाे गुनासाे पाेखे ।

निवर्तमान वडाध्यक्ष डिल्ली बहादुर रावलले सहभागिता उल्लेखीय हुनु पर्ने बताए । कर्मचारी मुल्यांकन,सेवा सुधार सुशासन तथा विकास निर्माणका काममा ध्यान दिनु पर्नेमा जाेड दिए । जग्गा पास तथा पालिकाकाे भवन केकति कारण निर्माण हुन सकेन ? कसकाे कमजाेरी हाे ? लगायतका विषयमा प्रश्न गरे ।

भेरीखाेला क्षेत्रकाे स्वास्थ्य,शिक्षा,पूर्वाधार विकासमा जाेड दिन सुझाव दिए । ५ शैया आधारभुत अस्पतालकाे ठेक्का भएपनि किन निर्माण हुन सकेन् । कार्यक्रममा एक दर्जन स्थानीय नागरिक,पत्रकारहरुले प्रश्न,जिज्ञासा र प्रश्न राखेका थिए ।

प्रकाशित मिति : २०८० फाल्गुन ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस