
सुर्खेत । कर्णालीलाई चिन्ने,निचाउने बहस विमर्श र विचारकाे उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाकाे पाँचाैँ संस्करण सुरु भएकाे छ ।
कर्णाली प्रदेशकाे राजधानी विरेन्द्रनगरकाे बुलेबुले उधानमा ऋति फाउण्डेसनकाे आयाेजनामा शनिवारदेखी सुरु भएकाे कर्णाली उत्सवकाे कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गर्नु भएकाे छ ।
तीन दिन सम्म सञ्चालन हुने उत्सवकाे उद्घाटन समाराेहलाई संबाेधन गर्दै प्रदेश प्रमुख परियारले कर्णाली उत्सवले आर्थिक सामाजिक,राजनीतिक र सांस्कृतिक रुपान्तरणमा टेवा पुराउने बताए ।
नीति निर्माण,आर्थिक समृद्दि तथा कर्णाली चिन्न चिनाउन, यहाँका सम्भावना पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती उत्सवले पुलकाे काम गर्ने उल्लेख गरे ।
उनले भने,,’समृद्ध कर्णाली निमार्णका लागि विगत चारवर्षदेखी छेडिएको यो बहसले कर्णालीको विकास र नीति निर्माण तहमा बसेकालाई जवाफदेहि बनाउन मदत गरेकाे छ । कर्णालीमा गरिबी,अशिक्षा,बेराेजगारी मात्रै छैन् । यहाँ कृषि,पर्यटन,जडिबुटि,भाषा,साहित्य र संस्कृतिकाे प्रचुर सम्भावना छन् । काठमान्डाै बसेर कल्पना गरिएकाे भन्दा कर्णाली फरक छ भन्ने देखाउन पनि याे बहसले विशेष महत्व राखेकाे छ।’

भाैतिक विकासले मात्रै समाज रुपान्तरण सम्भव नरहेकाेले सामाजिक रुपान्तरणका लागि तीनै तहका सरकारले नागरिकका गुनासा सुन्ने पद्दतीकाे विकास गर्नु पर्नेमा जाेड दिए ।
बहसबाट उठेका कुरालाई अभिलेखिकरण तथा सरकारले नीति कार्यक्रममा समेटेर समृद्दि कर्णाली निर्माणका निम्ति जुट्नु पर्ने,उनकाे भनाई छ ।
उत्सवकाे उद्घाटन सत्रमा राष्टि्य वाणिज्य बैंकका सिईओ किरण कुमार श्रेष्ठले बहसमा लगानी,राष्टि्य याेजना आयाेगका उपाध्यक्ष याेगेन्द्र शाहीले नीति बहसकाे महत्व,नेपाल सरकारका सचिव केवल भण्डारीले कर्णाली प्रेमबारे अनुभव राखेका थिए । भने डाक्टर सुधा शर्माले प्रसुती र प्रित्ति सत्ताबारे विद्दुत प्रवचन दिईन् ।
कर्णालीकाे अधिकांश किशाेरी महिलाहरु अझै गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाकाे पहुँचबाट टाढा रहेकाे डाक्टर शर्माले,उल्लेख गरिन् । गर्भमै छाेरी भए भ्रण हत्या गर्ने,सानाेमै विवाह गर्ने,महिलालाई दाेस्राे दर्जाकाे नागरिक ठान्ने जस्ता पृत्तिसत्तात्मक साेच कर्णालीमा विद्दमान रहेकाेले कर्णाली उत्सव जस्ता बहसमा महिला र स्वाथ्यका विषयले प्रथामिकता पाउनु पर्नेमा जाेड दिईन् ।
राष्टि्य वाणिज्य बैंकका सिईओ श्रेष्ठले कर्णाली उत्सवसंग जाेडिन पाउँदा खुसी व्यक्त गरे । ‘बैंकले व्यापारिक प्रर्बद्दनका लागि मात्र लगानी गर्दैन्’, उनले भने,’दुर्गम क्षेत्रकाे विकास तथा सरकारलाई नीति निर्माणमा सघाउ पुराउने,दुरदराजका समस्याहरुकाे विषयमा विर्मश हुने कर्णाली उत्सव जस्ता विचारका कार्यक्रममा समेत राष्टि्य वाणिज्य बैंकले लगानी गर्दै आएकाे छ ।’ राष्टि्य वाणिज्य बैंकले आगामी दिनमा कर्णालीकाे विकासमा लगानी गर्दै जाने उल्लेख गरे ।
विरेन्द्रनगर नगरपालिका मेयर माेहनमाया ढकालले यस्ता विचार तथा विर्मशले सरकारका नीति निर्माण गर्न तथा जनमैत्री काम गर्नका लागि आबश्यक सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले भने,’झट्टा हेर्दा कुरा गरेर के हुन्छ भन्ने प्रश्न आउन सक्छ ? कुरा नगरी घरदेखि सरकार कुनै काम अघि बढ्न सक्दैन । कर्णाली केन्द्रित राष्टि्य स्तरकाे बहसले कर्णालीकाे विकासमा केन्द्रलाई थप जिम्मेवार बनाउन मदत गर्छ । त्यसैले पनि यस्ता बहसकाे निरन्तरता जरुरी छ ।’
विगत चार वर्षदेखि हुँदै आएकाे कर्णाली उत्सवकाे अनुभव साट्दै कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गाैतमले गरिबी,अशिक्षा,राेग भाेगकाे उपनामले चिनिने कर्णालीकाे बिम्ब बदल्ने अनबरत यात्रा रहेकाे बताए ।
कर्णालीमा बसेर पनि राष्टि्य मुद्दामा बहस गर्न सकिने तथ्य कर्णाली उत्सवले,स्थापित गरेकाे कर्णाली उत्सवका कार्यकारी निर्देशक गाैतमले उल्लेख गरे ।
उनका अनुसार कर्णाली उत्सव कर्णाली समृद्दिकाे आधार बन्ने अपेक्षा गरिएकाे छ । ७० भन्दाबढी सत्र र २ सयबढी वक्ताले उत्सवकै मन्चबाट राष्टि्य र अन्तराष्टि्य बजारमा कर्णालीलाई चिनाउन विचार व्यक्त गरे ।

सम्भावना भएकाे तर लगानी अभावले ओझेलमा कर्णाली पर्यटन तथा एतिहासिक खष भाषा र सभ्यताकाे संरक्षण र प्रर्बद्दनका निम्ति पनि बहस हुनु पर्नेमा जाेड दिईन् ।
कर्णालीका दु:खका कुरा मात्रै हैनन् । यहाका सुखका कुरा,सम्भावनाका कुरा,कर्णालीले राज्यलाई दिनसक्ने कुराहरु पनि बहसमा ल्याउनु पर्ने मेयर ढकालकाे भनाई छ ।
पहिलाे दिन तीनवटा शत्र सञ्चालन हुने छन् ।
पहिलाे प्रकाेप राहत उद्दार केन्द्रित ‘ईपिसेन्टर’ सत्र संञ्चालन हुने छ । त्यसैगरी ‘संकट र सेवा’,जाेखिम र ‘जुद्न्या जुक्ति’ शत्र सञ्चालन हुने कर्णाली उत्सवका संयाेजक कमल लम्सालले बताए ।
उहाँका अनुसार तीन दिन सम्म चल्ने उत्सवमा विभिन्न १३ वटा सत्र,प्रत्यक दिन एकजना पैकेलाेकाे प्रस्तुतीकासाथै साझँपख सांगितिक प्रस्तुती हुने छ । कर्णाली उतसवकाे पाँचाैँ संस्करण फागुन ७ गते समापन हुने छ ।