जुम्लाका १० हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्दकाे खाेप लगाइदैं

जुम्ला । जुम्लाका १० हजारबढी बालबालिकालाई दादुरा-रुबेला विरुद्दकाे खाेप लगाइने भएकाे छ । आगामी फागुन १३ गतेबाट जुम्लाका आठै स्थानीयतहका १० हजार सात जना बालबालिकालाइ दादुरा-रुबेलाकाे खाेप लगाइने भएकाे हाे ।

जिल्लाका १५ महिना माथि र पाँच वर्ष मुनिका बालबालिकालाई आठ स्थानीयहमा दुई चरणमा खाेप अभियान सञ्चालन गरिने जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकाेटाले बताए ।

राष्टि्य खाेप कार्यक्रम अन्तर्गत आगामी सन् २०२६ सम्म नेपाललाई दादुरा-रुबेला खाेपमुक्त नेपाल घाेषणा गर्ने लक्ष्यनुसार खाेप अभियान सञ्चालन हुन लागेकाे प्रमुख सापकाेटाले जानकारी दिए ।

उनले भने,’खाेप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुने छन् । भने आठ पालिकामा १ सय ६० वटा खाेप केन्द्र निर्धारण गरिएकाे छ । खाेप उमेर समुहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुद बनाईएकाे छ ।’


जन्मेदेखि १५ महिना अवधिभर लगाउने पर्ने विभिन्न खाेप नलगाएपछि दादुरा-रुबेला राेग संक्रमरण हुने भएकाेले दादुराकाे खाेप अनिर्वाय लगाउनु पर्नेमा प्रमुख सापकाेटाले जाेड दिए ।

जुम्लाका आठ पालिका मध्य पहिलाे चरणमा चन्दननाथ नगरपालिका,गुठिचाैर,पातारासी र ताताेपानी गाउँपालिकामा फागुन १३ देखि १८ गतेसम्म र दाेस्राे चरणमा तिला,हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकामा १९ गतेदेखि फागुन अन्तिमसम्म खाेप अभियान संचाला हुने जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी प्रेम सुमाईले जानकारी दिए ।

सरकारी तथ्यांकनुसार खाेपउमेर समुहका १६ प्रतिशत बालबालिका अझै नियमित  खाेपबाट बन्चित रहेका छन् ।
हरेक ४-५ वर्षकाे बीचमा दादुरा रुबेलाकाे प्रकाेप फैलिने गरेकाे छ । नियमित खाेपबाट बन्चित बालबालिका दादुरा-रुबेलाकाे बढी जाेखिममा हुने गरेका छन् ।

साथै खाेप अभियान अन्तर्गत नियमित खाेप पाउनबाट छुटेका बालबालिकाकाे पहिचान गरेर खाेप समेत लगाईने भएकाे छ ।
बच्चा नजन्मीदै भारत जाने,जिल्ला बाहिर जाने,खाेप लगाउन डराउने जस्ता समस्याले नियमित खाेपबाट प्राय: बालबालिका छुट्ने गरेका छन् ।

नेपाल सरकारले सन् २०२३ मै नेपाललाई दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएपनि सफल हुन सकेन् । पुन: नेपाललाई सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने घाेषणाका लागि फागुन १३ गतेदेखि देशभर खाेप अभियान थालिएकाे छ ।

जिल्लामा बुधबार आयाेजित जिल्ला स्तरीय खाेप समन्वय समिति तथा संचारकर्मीकाे अभिमुखीकरणले खाेप अभियानलाइ सफल बनाउनु पर्नेमा जाेड दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले लक्ष्यनुसारका बालबालिकालाई खाेपकाे पहुँचमा ल्याउन सबैले सहयाेग गर्नुपर्ने बताए ।

उनले भने,’राेग लाग्न दिनु भन्दा नलाग्न दिनुनै उत्तम हुन्छ । खाेप उमेर समुहका काेही बालबालिका नछुट्ने गरि खाेप अभियानलाई प्रभावकारी बनाउन जरुरी छ ।’
बढीभन्दा बढी बालबालिकालाई खाेपकाे पहुँचमा पुराउन प्रचार प्रशारलाई व्यापक बनाउनु पर्नेमा अभिमुखीकरणमा सहभागीहरुले जाेड दिएका छन् ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस