जुम्ला । सिंजा गाउँपालिकामा आयाेजित दुई दिने नि:शुल्क शिविरबाट पालिकाका २५० जना महिला लाभान्वित भएका छन् । फागुन ८ र ९ गते सञ्चालन भएकाे नि:शुल्क शिविरबाट २ सय ५० जना ग्रामिण महिलाले पाठेघर र स्तन क्यान्सरबारे स्वास्थ्य जाँच गराएका हुन् ।
स्वास्थ्य जाँच गराएमा हरुमा कसै पनि स्तन क्यान्सर तथा त्यसकाे लक्षण जाेखिम देखिएकाे छैन् । तर पाठेघर क्यान्सरकाे सक्रंमण तथा जाेखिम भने देखिएकाे सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित राेकायाले बताए ।
उनले भने,’दुई दिने नि:शुल्क शिविरबाट जम्मा २५० जना महिला लाभान्वित भएका छन् । जसमध्य १४६ जना महिलाकाे पाठेघर जाँच गरिएकाेमा पाँच जना महिलाकाे पाठेघरमा रिङ राखिएकाे छ । गाउँमै क्यान्सर राेग बारे स्वाथ्य उपचार पाउँदास्थानीय खुसीभएका छन् ।’
त्यस्तै ५ जनालाई क्यान्सर पाेजेटिभ हुन सक्ने डाक्टरहरुकाे अनुमान गरिएकाे छ । भने,३ जनाकाे पाठेघर शल्यक्रिया गर्नु पर्ने र ३ जनाकाे पाठेघरमा क्यान्सर संक्रमण भएकाे शिविरबाट पत्ता लागेकाे स्वास्थ्य शाखा संयाेजक राेकायाले जानकारी दिए ।
सानाे उमेरमै विवाह गर्नु,बच्चा जन्माउनु,जनचेतनाकाे अभाव,कार्यबाेझ लगायतका कारणले ग्रामिण महिला पाठेघर क्यान्सरकाे जाेखिमबाट ग्रसित छन् ।
टाढा गएर जाँच गराउँदा लाग्ने महंगाे खर्च,सित्तिबित्ती आफ्ना समस्या खुलेर नभन्ने,घरबाट चेकजाँच गराउनै नजाने जस्ता समस्या मध्यनजर गरि पालिकामै पटक पटक नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएकाे सिंजा गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए ।
‘स्वास्थ्य,शिक्षालाई विशेष प्रथामिकता दिदै आएका छाै’ उनले भने,’नागरिकलाई निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने,जटिल राेगकाे गाउँमै उपचार गराउने चुनावीबाचानुसार काम पटक पटक शिविरकाे आयाेजना गर्दै आएका छाै । यसले आर्थिक रुपमा विपन्न नागरिकलाई राहत पुराएकाे छ ।’
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले कर्णालीका दुर दराज गाउँमा प्रतिष्ठानले विशषज्ञ स्वास्थ्य सेवा दिदै आएकाे बताए । विभिन्न पालिकामा आयाेजना हुने शिविरहरुमा पालिकाले डाक्टरहरु पठाउने गरेकाे छ ।
जसले गर्दा स्थानीयले गाउँमै विशषज्ञ स्वास्थ्य सेवा पाएका छन् ।
स्त्रीराेग विशषज्ञ डाक्टर राजिव शाहले ग्रामिण महिलाहरुमा पाठेघर क्यान्सरकाे जाेखिम अधिकतम रहेकाे बताए । उनका अनुसार खानपान,कार्यबाेझ,बालविवाह लगायतका कारणले कर्णालीका अधिकांश महिलामा पाठेघर क्यान्सरकाे समस्या देखिने गरेकाे छ ।
सिंजा गाउँपालिकाकाे आयाेजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,प्लान नेपाल,पेस नेपालकाे समन्वयमा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन भएकाे हाे ।



