तिला गाउँपालिकामा चार दर्जन कानुन निर्माण,काम काजमा सहज (सूचि सहित)

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2,"transform":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

जुम्ला । तिला गाउँपालिकाले हाल सम्म करिब चार दर्जन नीति निर्माण गरेकाे छ । तिलाले करिब चार दर्जन ऐन,नियमावली,कार्यविधि र निर्देशिका निर्माण गरि राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याएकाे छ । स्थानीयतह संचालन भएदेखि हाल सम्म तिला गाउँपालिकाले निर्माण गरेका विभिन्न नीतिहरु विहिबार आयोजित पालिकाको १३ औँ हिउँदे गाउँसभामा सार्वजानिक गरिएको छ ।

जसमा ऐन २० वटा,नियमावली ४ वटा कार्यविधि १६ वटा,निर्देशिका २ र नीति १ वटा र प्रवन्धपत्र १ गरि ४४ वटा नीति निर्माण गरेकाे हाे । विभिन्न कानुन निर्माण संगै दैनिक कार्य सम्पादनमा सहज भएकाे छ । कानुनी अन्याैलता र जटिलता पनि हट्दै गएका छन् ।
राजपत्रमा प्रकाशित ऐन नियावलीकाे शुचि यश निम्ननुसार छन् ।
ऐन
तिला गाउँपालिका आर्थक ऐन-२०७५, तिला गाउँपालिका विनियोजन ऐन-२०७५,स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन- २०७४, कृषि व्यावसाय प्रवद्धन ऐन-२०७४, स्थानीय शिक्षा विकाश तथा व्यवस्थापन गर्न बनेको ऐन –२०७४, पुर्वाधार व्यवस्थापन ऐन-२०७४, प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन-२०७४, विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन गर्न बनेको ऐन-२०७४,सहकारी ऐन- २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन-२०७४, न्यायिक समितिले अपनाउनु पर्ने कार्यविधि व्यवस्थापन गर्न बनेको ऐन- २०७४,तिला गाउँपालिकाको तथ्याङक तथा अभिलेख व्यवस्थापन ऐन- २०७८, तिला गाउँपालिका सस्था दर्ता ऐन- २०७८,तिला गाउँपालिका औधोगिक व्यावसाय ऐन- २०७८ पारित भई राजपत्रमा प्रकाशित भएर कार्यान्वयनमा रहेको छ ।

त्यस्तै तिला गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन- २०७८,तिला गाउँपालिकाको खानेपानी तथा सरसफाई र स्वाच्छता ऐन-२०७८, तिला गाउँपालिकाको स्थानिय भुमि ऐन- २०७८, तिला गाउँपालिकाको वन ऐन- २०७८,तिला गाउँपालिकाको जलचर एवं जलिय जैविक विविधता संरक्षण ऐन-२०७७,वजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्यसंचालन ऐन- २०७८ गरी २० वटा ऐन राजपत्रमा प्रकाशित भएको प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले जानकारी दिए ।

नियमावली
त्यसैगरी नियमावलीतर्फ सार्वजनिक खरिद नियमावली-२०७८,कार्यविभाजन नियमावलि- २०७४,कार्यपालिका (कार्यसम्पादन) नियमावली-२०७४ र शिक्षा नियमावलि- २०७४ गरी चार वटा नियमावली निर्माण भई राजपत्रमा प्रकाशनपछि कार्यान्वयनमा छन्

कार्यकविधि
कार्यविधितर्फ तिला गाउँपलिकाले १६ वटा निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । राजपत्रमा प्रकाशित कार्यविधि तर्फ तिला गाउँपालिकाको अर्थ तथा सार्वजनिक लेखा समिति (गठन तथा संचालन) कार्यविधि- २०७८, तिला गाउँपालिका शुसासन तथा स्थानिय सेवा समिति गठन तथा संचालन कार्यकविधि- २०७८, तिला गाउँपालिकाको विधायन समिति (गठन तथा संचालन कार्यविध) –२०७८,व्यवसाय दर्ता तथा निविकरण कार्यविधि-२०७८,तिला गाउँपालिकाको अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य संचालन कार्यविधि-२०७८,स्थानिय रावश्व परामर्श समितिको कार्य संचालन कार्यविधि- २०७८,वजेट तथा कार्यक्रम तर्जुमा समितिको कार्य संचालन कार्यविधि-२०७८,तिला गाउँपालिकाको मुहान दर्ता कार्यविधि- २०७८,बैठक संचालन सम्बन्धि कार्यविधि-२०७४,गाउँसभा संचालन कार्यविधि- २०७४,स्थानीय राजपत्र प्रकाशन सम्बन्धि कार्यविधि-२०७४ राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा छन् ।

साथै उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि-२०७४,घ बर्गको निर्माण व्यवसायी ईजाजत सम्बन्धि कार्यविधि-२०७५,करार प्राविधिक कर्मचारी व्यवस्थापन सम्बन्धि कार्यविधि- २०७५,एकिकृत सम्पति कर व्यवस्थापन कार्यविधि- २०७५,सामाजिक संघ संस्था संचालन कार्यविधि कार्यविधि- २०७४ गरी १६ वटा कार्यविधि निर्माण गरिएको छ ।

निर्देशिका
स्थानीय उर्जा विकास सम्बन्धि निर्देशिका –२०७४ र बजार अनुगमान निर्देशिका- २०७४ नीति तर्फ तिला गाउँपालिका सामाजिक कुरिति विरुद्धको निति – २०७८  र प्रवन्ध पत्र १ तिला खोला हाईड्रोपावर कम्पनि लिमिटेडको प्रबन्ध पत्र-२०७८ राजपत्रमा प्रकाशित भएका छन् । कानुन निर्माण पछि दैनिक कामकाजमा सहज भएको गाउँपालिकाका कर्मचारीले बताएका छन् । यी ऐन,नियमावली तथा कार्यविधिहरु तिला गाउँपालिकाको १३ औँ हिउँदे गाउँसभाका अबसरमा सार्वजानिक गरिएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस