शैक्षिक सुधारका लागि तातोपानीका सामुदायिक विद्यालयमा अनुगमन गरिदैँ

??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

जुम्ला । तातोपानी गाउँपालिकाले पालिका भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन थालेको छ । पालिकाको शिक्षा समितिले ८ वटा वडाका २८ वटै सामुदायिक विद्यालयको अनुगमन थालेको हो ।

नियमित शिक्षक विद्यार्थीको उपस्थिति,पठनशैली,कक्षा कोठा व्यवस्थापन,विद्यालयको भौतिक शैक्षिक तथा प्रशासनिक अबस्थाबारे जानकारी लिन विद्यालयहरुको अनुगमन गर्न थालिएको तातोपानी गाउँपालिका शिक्षा शाखा प्रमुख सुरत बहादुर शाहीले बताए ।

एक महिने अभियानकै रुपमा सुरु गरिएको विद्यालय अनुगमनलाई प्रभावकारी बनाउन र समस्या समधान गर्न,राम्रो विद्यालयलाई पुरस्कृत तथा नराम्रोलाई सुधार्न गर्न अनुगमनले टेवा पुराउने शिक्षा शाखा प्रमुख शाहीको भनाई छ ।

अनुगमनका क्रममा शिक्षक विद्यार्थीसंग अन्तरक्रिया,छललल समेत गरिएको छ । विहिबार तातोपानी दुर्गा मावि लाम्रा र नेत्र ज्योती मावि हाँकुमा अनुगमन गरिएको छ । दैनिक ३÷४ वटा विद्यालयको अनुगमन गर्ने कार्यतालिका बनाइएको छ ।

तातोपानीले गाउँपालिकाले हिउँदे विदा गर्नु अघि माघ २५ गतेबाटै अनिवार्य विद्यालय खोल्नु पर्ने निर्णय गरेको थियो । माघ २५ देखि विद्यालय खुले नखुले,शिक्षक नियमित आए नआए,पढाइ भए नभएको,अतिरिक्त क्रिया हुने नहुने जस्ता सबै गतिविधिको निरिक्षण गरेर आगामी बजेटमा शिक्षा क्षेत्रलाई थप लगानी गरिने तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

उनले भने,‘शिक्षा राम्रो नभई परिवर्तन,सुधार सम्भव छैन् । शिक्षा क्षेत्रमा हुने राजनीति र बेथिति सामुदायिक विद्यालय ध्वष्त छन् । मेरो कार्यकालमा सक्ने जत्ति शिक्षा क्षेत्रको सुधार गर्न प्रयत्न गर्छु । चाडै पालिका स्तरीय पढाइ मेला समेत सुरु गरिने छ ।’
आधारभुत तहको शिक्षा व्यवहारिक र उपलब्धी मुलक बनाएको खण्डमा दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने उल्लेख गरे ।

आधारभुत तहबाटै बिग्रिएका बालबालिका र उनिहरुको शिक्षा प्रणालीलाई माथि गएर कुनै पनि हालतमा सुधार गर्न मुस्किल हुनाले आफ्ना बालबालिका प्रति सबै अभिभावक पनि जिम्मेवार हुनु पर्ने पालिका अध्यक्ष चौलागाईको भनाई छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस