????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
जुम्ला । कालिकोटको नरहरीनाथ गाउँपालिका १ कोटबाडा स्थित सुनथराली विमानस्थल उद्घाटन हुने भएको छ । आगामी फागुन १४ गते विमान स्थल निर्माण सुरु भएको करिब ३८ वर्षपछि उद्घाटन हुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको नहरीनाथ गाउँपालिकाका प्रबक्ता प्रदिप बोहोराले जानकारी दिए । उनका अनुसार फागुन १४ गते उद्घाटन संगै परिक्षण उडान पनि हुने छ ।
विमान स्थल २०४२ सालदेखि निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समितिले एक लाख बजेट विनियोजन गरेर विमानस्थल निर्माण थालिएको थियो । तर निर्माण सम्पन्न भएको करिब दुई वर्ष बितिसक्दा पनि उक्त विमानस्थलमा नियमित उडान त परै जावस उद्घाटन गर्ने भनी तय गरिएको कार्यक्रम तीन पटक स्थगीत समेत भयो ।
विमानस्थलको प्रर्बद्धनका लागि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशको साधारण सभा गत चैत २१ र २२ गते सुनथराली विमानस्थलमा गरिएको थियो । ३८ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको कालीकोटको एक मात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो ।
फागुन १४ प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेकोले कालिकोटबासी सबैलाई उपस्थितीका लागि अनुरोध गरिएको प्रवक्ता बोहोराले जानकारी दिए । विमानस्थल उद्घाटनपछि नियमित जहाज उडान हुने नहुने अझै अनिश्चि छ ।



