जुम्ला । जुम्ला सिंजा गाउँपालिका वडा नं २ का जय बहादुर हमाल शारिरिक रुपमा अशक्त छन् । हाडजाेर्नी,नसा राेग,श्वासप्रश्वास,जिउँ दुख्ने समस्याबाट उनी लामाे समयदेखी ग्रसित छन् । आर्थिक अबस्था कमजाेर भएका हमाल स्वास्थ्य उपचारका लागि काठमान्डाै पुगेपनि आर्थिक अभावले साेचे जस्ताे उपचार गराउन पाएनन् ।
उमेर साढे ६ दशक नाघि सकेका बृद्द हमाल आफ्नाे उपचार खर्च जुटाउन सकि नसकि दिउँसाे श्रीमतीलाई साथमा लिएर काठमान्डाैका गल्ली गल्ली चर्हार्थे । झाेला,टाेपी चेसगार्ड लगायतका सामान बेचेकाे पैसाले विहान बेलुका खानै मुस्किल हुन्थ्याे उपचारमा आर्थिक अभाव विधमानै थियाे ।
हमालकाे दाईने हात राम्ररी चल्दैन् । हाडजाेर्नीकाे दुखाईले कमजाेर हुँदै गएका बृद्द हमाललाई दुखाई कम गर्ने ओैषधि खान समेत मुस्किल भएकाे थियाे । बुढेसकालमा शारिरिक अशक्तता संग जुद्न उनलाई फलामकाे चिउरा चपाउनु जस्तै भएकाे थियाे ।
तर थलिदै गएकाे बुढेसकालकाे ज्यानलाई गतिमा ल्याउन कष्ट गरेर थाकेका बृद्द हमालकाे पिडामा जुम्लाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले मलम पट्टी लगाएका छन् ।

जुम्लाबाट काठमान्डाै पुगेर आर्थिक अभावले उपचारका लागि भाैतारि रहेका हमालकाे अबस्था थाहा पाएपछि जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद शाहीले आर्थिक रुपमा विपन्न बृद्द जय बहादुर हमालकाे सम्पुर्ण उपचार नि:शुल्क गर्ने व्यवस्था मिलाएका छन् ।
काठमान्डाै बसुन्धारा स्थित ग्रिन सीटि अस्तापलका सभापति एल.बी टन्डनसंग हमालकाे नि:शुल्क उपचारका लागि सांसद शाहीले आबश्यक पहल र समन्वय गरेकाे सांसद शाहीका स्वकिय सचिव गाेकर्ण कठायतले बताए ।
शुक्रबार अस्पतालमै पुगेर निशुल्क उपचारकाे सबै प्रबन्ध मिलाईएकाे छ । उनले भने,’अस्पतालले हमाललाई एउटा कार्ड बनाई दिने छ । आगामी दिन कुनै पनि समस्या भएका बेला साेहि कार्डका आधारमा अस्पतालले नि:शुल्क जाँच देखि ओैषधी उपलब्ध गराउने छ।’
विरामी जय बहादुर हमाल निकाे नहुन्जेल लाग्ने ओैषधी उपचार सबै नि:शुल्क गर्ने अस्पतालका सभापति टन्डनले बताए । सांसद ज्ञानेन्द्र शाहीकाे अनुराेधसंगै अस्पतालले विपन्न नागरिककाे सेवा गर्ने अबसर मिलेकाे उनकाे भनाई छ ।
सांसद ज्ञानेन्द्र शाहीकाे पहल पछि अब नि:शुल्क उपचार तथा ओैषधी पाउने भएपछि जय बहादुर हमालका दम्पत्ती खुसी भएका छन् । थाेरै भएकाे पैसा चेकजाँच गर्दै सकियाे ।
जयबहादुरकी श्रीमती जयलक्ष्मी हमालले भनिन,’दैनिक सामान बेचेकाे पैसा खान र काेठा भाड तिर्नै पुग्थेन् । उपचार नभई जुम्ला फर्किने साेचेका थियाै । अब ओैषधी उपचार सबै बिना पैसा हुने भयाे । ठुलाे राहत महसुश भएकाे छ । आफ्ना जिल्लाका नेताले यति सहयाेग गर्या ।अब उपचार हुन्या भयाे । नेता भलैहाेस् ।’
काठमान्डाैमा कष्ठकर जीवन बिताईरहेका हमाल दम्पत्ती नियमित चेकजाँच पछि डाक्टरकाे सल्लाहनुसार केही समयपछि जुम्ला फर्किने छन् ।



