जुम्ला। पातारासी गाउँपालिका वडा नं. २ स्थित तल्फी गाउँ निवासी काल सिंह सार्कीकाे घरमा आगलागी भएकाे छ । गएराती ११ बजेेतिर एक्कासी आगलागी भएपछि सार्कीकाे दुई तले ८ काेठाकाे घर पुर्ण रुपमा जलेकाे छ ।
आगलागिले घर पुर्ण रुपमा जलेपछि कालसिंह सार्कीकाे २८ जनाकाे परिवारकाे विचल्ली भएकाे पातारासी गाउँपालिका वडा नं.२ का वडाध्यक्ष बल बहादुर बाेहाेराले बताए ।
उनले भने,’गएराती ११ बजेतिर एक्कासी बस्ने काेठाबाटै आगलागी भएकाे रहेछ । करिब सात ताेला सुन,तीन पुस्ते पुराना सिक्का सहित,अन्नपात,भाडा कुडालत्ता कपडा सबै जलेर खरानी भएकाे छ । ४०/५० लाखकाे क्षति भएकाे अनुमान छ । प्रहरीले मुचुल्का उठाउदैँ छ । क्षतिकाे एकिन विवरण आउन बाँकी छ ।’

फागुन दाेस्राे साता लागेपनि जुम्लामा चिसाे घटेकाे छैन् । २८ जना कालसिंह सार्कीकाे परिवार घर आगलागी पछि विचल्लीमा परेकाे छ ।
विहानै ७ बजे आगलागी स्थलमा पुगेर फर्किएकी पातारासीकी उपाध्यक्ष जनमाया राेकाया भन्छन,’आगालागी भएकाे खबर पाउने बित्तिकै विहान ७ बजे तल्फी पुगेर सबै अवस्था बुझेर फर्किएकाे छु । अबस्था निकै गम्भीर छ । घरका साना बालबच्चा छन् । बस्ने बास,खाने गाँस केही छैन् । पिडितकाे तत्कालिन व्यवस्थापनका लागि केही राहत दिने तयारी छ ।’
तत्काल केही महिनालाई पुग्ने खाधन्न,भाडाँ,कम्बल,बच्चालाई लगाउने कपडा पालिकाबाट उपलब्ध गराईने उपाध्यक्ष राेकायाले जानकारी दिईन् ।

मानवीय क्षति भने हुन भएकाे छैन् । तर सुनँचादी,तीन पुस्त सम्पत्ति सबै जलेकाे छ । २८ जनाकाे परिवार मध्य २३ जना भने संयुक्त रुपमै बस्दै आएका थिए । घर जलेर ध्वष्तभएपछि कालसिंहकाे परिवार घरबार विहिन भएकाे छ ।
कालसिंहका दुई छाेरा तारासिंह सार्की र पुर्ण सार्किकाे गत वर्षकाे मुगुकाे हिम पहिराेमा परी मृत्यु भएकाे थियाे । गत साल दुई छाेराकाे मृत्यु हुनु यश वर्ष घर आगलागी हुनु कालसिंहलाई ठुलाे बज्रपात परेकाे छ ।




याे अबस्थामा उनलाई सहयाेग तथा राहत उद्दारकाे खाँचाे रहेकाेले त्यसर्फ केन्द्रित रहेकाे उपाध्यक्ष राेकायाकाे भनाई छ । आगालागी के कति कारणले भएकाे हाे भन्ने अझै खुलेकाे छैन् । आगलागी के कसरी भएकाे त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।



