जुम्ला ।कालिकाेट नरहरीनाथ गाउँपालिका-१ काेटबाडा स्थित सुनथराली विमानस्थलमा तारा एयरकाे विमानले परिक्षण उडान गरेकाे छ ।
साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्दारा उद्घघाटन हुने उक्त विमानस्थलमा आईतबार विहान तारा एयरले परिक्षण उडान गरेकाे हाे ।
उद्घघाटन पुर्व सबै पक्षकाे अध्यायन स्वरुप तारा एयरकाे 9N-AKL विमानले परिक्षण उडान गरेकाे नरहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बाेहाेराले बताए । उनले भने,’परिक्षण उडान सफल भएकाे छ । साेमबार १० बजे प्रधानमन्त्रीद्दारा विमानस्थलकाे उद्घघाटन हुने भएकाेले प
तयारीलाई तिब्र पारिएकाे छ ।’
साेमबार उद्घाटन कार्यक्रमको पुर्वतयारी स्वरुप परिक्षण उडान गर्न प्राबिधिक टोलि सहित नेपालगन्जबा तारा एअरको बिमानले सुनथराली विमानस्थलमा परिक्षण उडान गरेकाे प्रवक्ता बाेहाेराले जानकारी दिए । परिक्षण उडानका लागि आएकाे प्राविधिक टाेलीलाई को नरहरिनाथ गाउँपालिकाको टोलि र स्थानियवासीले स्वागत गरेका छन् ।
केही तस्बिर:







