जुम्ला । देशभर आजदेखी सुरु भएको दादुरा–रुबेलाको विरुद्दको खोप अभियान जुम्लामा पनि शुभारम्भ भएको छ । चन्दननाथ नगरपालिका वडा नं.४ को शहरी स्वास्थ्य केन्द्र तथा खोप केन्द्रबाट दादुरा–रुबेला विरुद्दको खोप अभियान शुभारम्भ भएको हो ।
खोप अभियानको उद्घाटन कार्यबाहक समन्वय प्रमुख लग्नमाया भण्डारी,चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायत,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले गरेका छन् । .
मेयर कठायतले अभियान अन्तर्गत लक्ष्य लिएका कोहि बालबालिका नछुट्ने गरि खोप लगाउन सुझाव दिए । अभियान चन्दननाथबाटै सुरु भएकोले चन्दननाथ भित्रका कुनै बालबालिका नछुट्ने गरी खोप अभियान चन्दननाथका १० वटै वडाका गाउँ गाउँ पुराउन स्वास्थ्यकर्मी आगैह समेत गरेका छन् । कार्यवाहक समन्वय प्रमुख लग्नमाया भण्डारीले बालबालिको रोग प्रतिरोधात्मक क्षामता बढाउन खोज अनिवार्य रहेकोले लक्षित बालबालिकालाई खोपको पहुँचमा ल्याउनु पर्नेमा जोड दिईन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले सरकारको लक्ष्यनुसार सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्न देश व्यापी खोप अभियान चलेको बताए । रोग प्रतिरोधात्मक क्षामता बृद्दिका लागि खोप महत्वपुर्ण रहेको उल्लेख गरे । अभियान सफल बनाउन सबै निकाय जिम्मेवार भएर लाग्नु पर्ने उनको भनाई छ ।
चन्दननाथ ४ वडाध्यक्ष नवराज देवकोटाले चन्दननाथका २ प्रतिशत बालबालिका अझै पनि खोपबाट बन्चित रहेकोले यो अभियानले छुटेका बालबालिकालाई प्रथामिकता दिुन पर्ने बताए । आजबाट सुरु भएको खोप अभियानले छुटेका र नयाँ गरि सबै बालबालिका खोपको पहुँचमा आउने आशा व्यक्त गरे ।
पहिलो चरणमा जुम्लाका चन्दननाथ नगरपालिका,पातारासी,गुठिचौर र तातोपानी गाउँपालिकामा संचालन हुने छ । भने दोस्रो चरणमा तिला,हिमा,सिंजा र कनकासुन्दरीमा खोप अभियान सञ्चालन हुने छ ।

खोप उमेर समुहका जिल्लाका ९ महिनादेखि ५ वर्ष मुनिका १० हजार बढी बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए । उनका अनुसार सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने राष्ट्यि लक्ष्यनुसार देशव्यापी खोप अभियान सञ्चालन भएको हो ।
यश अभियान अन्तरर्गत विभिन्न कारणले नियमित खोपबाट बन्चित बालबालिकाको पहिचान गरिने खोप लगाईने योजना छ ।
उनले भने,’खोप अभियानका लागि ९५ जना स्वास्थ्य जनशक्ति परिचालन हुने छन् । भने आठ पालिकामा १ सय ६० वटा खोप केन्द्र निर्धारण गरिएको छ । खोप उमेर समुहका कुनै पनि बालबालिका नछुटुन भन्नका लागि तयारीलाई मजबुद बनाईएको छ ।’



