कर्णालीमा ७ महिनामा एक हजार भ्रष्टचारका उजुरी दर्ता,जुम्लाका ११७ वटा उजुरी परे

जुम्ला ।  संघियतापछि भ्रष्टचारका मुद्धा बढ्दै गएका छन् । आर्थिक अधिकार स्थानीय तहमा गएपछि विकास निर्माण देखि विभिन्न माध्यमबाट भ्रष्टचार हुने गरेको छ । जसका कारण अख्यितारमा भ्रष्टचारका उजुरी समेत बढ्दै गएका छन् ।

एकातिर जनता सचेत हुनु र अर्को तिर भ्रष्टचार मौलाउन थालेपछि अख्यितारमा उजुरी दिनेको सख्या बढेको देखिन्छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको माघ २७ गतेसम्मकाे तथ्याक अनुसार चालु आवको सात महिनामा मात्रै एक हजार ६५ वटा भ्रष्टचारका उजुरी परेका छन् ।

चालु आवको माघ मसान्तसम्म कर्णालीका १० वटै जिल्लाबाट गरी एक हजार ६५ वटा उजुरी दर्ता भएको आयोगका सूचना अधिकारी रत्नचन्द्र गौतमले बताए ।

उनले भने,‘पछिल्लो समय स्थानीयतह संग सम्बन्धित उजुरी धेरै आउने गरेका छन् । अनियमितता विरुद्ध नागरिक बोल्न थालेका छन् । उजुरीको संख्याले चेतना संगै भ्रष्टचार पनि बढेको देखिन्छ ।

आयोगको तथ्यांक अनुसार चालु आवको सात महिनामा सबैभन्दा बढी सुर्खेतका २३७ उजुरी परेका छन् । भनेरुकुम पश्चिमका ८६,दैलखका १७७,डोल्पा ८८,सल्यानका ७६,जाजरकोटका ७१,जुम्लाका ११७,कालिकोटका ७८,मुगुका ९७ र हुम्लाका ७८ वटा गरी एक हजार ६५ वटा उजुरी परेका छन् ।

संघियतापछि टाँठाबाठाले मात्रै विकासका नाममा अनुचित लाभ लिएको,गुणस्तरहिन विकास भएको,समयमै काम नभएको जस्ता गुनासो सहित उजुरी विभिन्न माध्यमबाट आउने गरेको सूचना अधिकारी गौतमले जानकारी दिए  ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस