काठमाडौं : नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले विवादित मन्त्रीहरूको बारेमा संसदमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन्। फागुन ६ गतेदेखि विषय उठाउँदै आएको भएपनि सरकारले जवाफ नदिएको भन्दै उनीहरूले प्रतिनिधिसभा बैठकमा नाराबाजीमा उत्रिए।
सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाउनमा सहयोग गर्न आग्रह गर्दा पनि एमाले र रास्वपाका सांसदहरूले अवरोध कायमै राखेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार



